एस.के. इनर्जी डेभलपमेन्टले वीस करोड असी लाखको प्राथमिक शेयर निष्काशन गर्ने बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_1024,h_617/https://businesspati.com/wp-content/uploads/2025/02/Agreement-Signing-Ceremony-scaled.jpg)
काठमाडौं २८ माघ २०८१ । एस .के. इनर्जी डेभलपमेन्ट लिमिटेडले प्रति शेयर अंकित मुल्य रु १०० दरका २०,८०,००० कित्ताले हुन आउने रकम वीस करोड असी लाख बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
उक्त क्रममा एस।के। इनर्जी डेभलपमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष वीर बहादुर राई र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
एस .के . इनर्जी डेभलपमेन्ट लिमिटेडले भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने श्याम खोलाको पानीको बहाव सदुपयोग गरी ७.२ मेगावाट क्षमताको श्याम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया