ओम मेगाश्री फर्मास्यूटिकल्सले आईपीओ निष्काशन गर्ने

काठमाडौं, फागुन २०, २०८१ । यही फागुन २७ गतेदेखि ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आईपीओ निष्काशन गरेको थियो, भने दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर जारी गर्न लागेको छ ।
कम्पनीले यसपटक सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने तयारी गरेको छ भने कम्पनीको आईपीओ निष्काशन र विक्री प्रबन्धकको भूमिका प्रभु क्यापिटल लिमिटेडले निभाउनेछ।
यसअघि कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशत अर्थात् १८ करोड रुपैयाँको १८ लाख कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये १० प्रतिशत, अर्थात् १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता शेयर नेपाल सरकारको श्रम स्वीकृतीपछि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँट गरिसकेको छ।
त्यसैगरी, कम्पनीले ५४ हजार कित्ता शेयर आफ्ना कर्मचारी र ९० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकेको छ।
यो आईपीओमा आवेदन दिन इच्छुक व्यक्तिहरूलाई न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ, र अधिकतम १० हजार कित्ता सम्मको आवेदन दिन सकिने व्यवस्था छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया