ओरालो लाग्यो सेयर बजार, लगानीकर्ता पर्ख र हेरमा
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_251,h_201/https://businesspati.com/wp-content/uploads/2017/02/stockk.jpg)
बिजनेसपाटी २० असार
आज मंगलबार बजार परिसूचक नेप्से र कारोबार रकम दुवै घटेको छ । आज नेप्से परिसूचक ३.०१ अंकले घटेर १५४१.२८ को बिन्दुमा आएर रोकिएको छ । आज कुल १४२ कम्पनीका ६ लाख ६४ हजार २ सय ९१ कित्ता शेयर खरिद बिक्रिबाट ३५ करोड ५९ लाख ७६ हजार ४ सय ९० रुपियाँको कारोबार भएको छ । रकमसँगै खरिद बिक्री हुने शेयर संख्यामा समेत आज गिरावट आएको छ।
सबै भन्दा धेरै आज स्ट्याण्डर्ड चार्टर्ड बैंकको २ करोड ५१ लाख बराबरको कारोबार भएको छ भने अन्य बढी कारोबार हुनेमा नेपाल लाइफ इन्स्योरेन्स, सेन्चुरी बैंक, कुमारी बैंक, सानिमा बैंक रहेका छन् ।
आजको कारोबारमा फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले ९ प्रतिसत कमाएका छन् । त्यस्तै सिर्जना फाइनान्सका लगानीकर्ताले ६ प्रतिसत जस्तो गुमाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया