ओलम्पिकमा ‘किम’ झुल्किएपछि….

रियो ३ भदौ

बिहिबार साँझ रियो ओलम्पिकको एथ्लेटिक्स, ट्रयाक एण्ड फिल्ड प्रतियोगिताहरु अरु दिन झैं सामान्य रुपमा चलिरहेको थियो । तर, त्यतिबेला सबै क्यामाराहरु खेलाडीलाई छाडेर एक व्यक्तितर्फ तानियो । ती व्यक्ति थिए, किम जोङ उन । यद्यपि, उनी वास्तविक नभएर नक्कली किम थिए ।

3761D7FA00000578-3748379-image-a-44_1471587871521
उत्तर कोरियाली सर्वोच्च नेताजस्तै देखिने व्यक्ति आफ्नो देशको झण्डा हल्लाउँदै स्टेडियममा देखिएपछि क्यामेराम्यानहरु उनको तस्विर लिन आतुर देखिन्थे ।

 

 

 

 

झट्ट हेर्दा उनी नक्कली हुन् भन्ने छुट्याउन पनि गाह्रो नै थियो । उस्तै कपाल र पहिरनमा उपस्थित उनले क्यामारा पोज दिनका साथै दर्शकदीर्घालाई हात हल्लाइरहेका थिए । यसअघि उत्तर कोरियाली जिमन्यास्ट रि से ग्वाङले स्वर्ण पदक जितेर पनि खुसी नदेखिएको तस्विरले निकै चर्चा पाएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया