ओलीले भने “यो सरकार मेड इन समहृवेयर, एसेम्बल्ड इन नेपाल जस्तै हो”

काठमाडौं १ असोज ।

एमाले अध्यक्ष केपी ओलीले नेपालको संसदलाई विदेशीले आफ्नो इशारामा नचाउन खोजेको बाताएका छन् । मोतिदेवी स्मृति केन्द्रले बनाएको जेष्ठ नागरिक आवास भवनको शनिबार भीमढुंगामा शुभारम्भ गर्दै पूर्व प्रधानमन्त्री ओलीले मदारीले बाँदर नचाए जस्तो विदेशीले नचाउन खोजेको बताए । उन भने-यो सरकार मेड इन समहृवेयर, एसेम्बल्ड इन नेपाल जस्तै हो । संविधान शंसोधनका नाममा अहिले मदारीले जमुरे नचाए जस्तै नचाउन खोजिएको छ ।’

उनले ४ जना व्यक्तिले भनेका भरमा विदेशीको एजेण्डा अनुसार संविधान संशोधन नहुने पनि बताए । ओलीले भने-४ जना व्यक्तिको इच्छालाई मधेसी जनताको इच्छा भन्ने ? मधेसी जनताको चाहना पूरा हुन्छ, तर, चार जना जमुरे नाच्दैमा संविधान संशोधन हुँदैन ।’ ओलीले देशको सीमानाबारे विदेशीले बोल्न नमिल्ने भन्दै नेपाली जनताको चाहना विपरित एमालेले कुनै  कुरामा सम्झौता नगर्ने प्रस्ट पारे ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया