कक्षा १२ को परीक्षाफल प्रकाशित

बिजनेसपाटी २३ श्रावण

राष्ट्रिय परीक्षा बोर्डले आइतबार पहिलो पटक कक्षा १२ को विज्ञान संकायको नतिजा प्रकाशित गरेको छ ।  नियमति तर्फ कुल ४० हजार ६ सय तीन सहभागिता रहेकोमा २९ हजार ९ सय ५२ परीक्षार्थी उत्तीण भएका छन्।

परीक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार यस वर्ष ७३.७७ प्रतिशत विद्यार्थी पास भएका छन् । आंशिक तर्फ भने  ४५.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस वर्ष आंशिक तर्फ ९ हजार ७ सय ८१ विद्यार्थी सहभागि रहेकोमा ४ हजार ४ सय १४ उत्तीर्ण भएका हुन् ।

शिक्षा सचिव डिल्लीराम रिमालको अध्यक्षतामा आज साँझमा बसेको परीक्षा संचालक समीतिको बैठकले सो नतिजा सार्वजनिक गरेको हो ।  भदौं १५ भित्र अन्य संकायको पनि नतिजा सार्वजनिक गर्ने तयारी रहेको परीक्षा नियन्त्रक सन्तोष अर्यालले बताए

फेसबुकबाट तपाईको प्रतिक्रिया