कथवनियाको परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण

बिजनेसपाटी ११ कार्तिक

बारा -राैतहट नेशनल लाईफ इन्स्योरेन्स कम्पनि चन्द्रनिगाहपुर शाखाले मृत्यु दाबी रकम हस्तान्तरण गरेकाे छ। बीमित सर्लाहि हरिवन ११ निवासी लाेचन दास कथवनियाकाे मृत्यु भएपछि परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरिएकाे हाे। मृतककाे श्रीमती रबङ देबी कथवनियालाई रु १० लाख ६० हजार रूपैयाँ हस्तान्तरण गरिएकाे छ। रामलेचन दास कथवनियाले १ वर्ष अगाडि नेशनल लाईफ इन्स्योरेन्स कम्पनी चन्द्रनिगाहपुरमा जीवन बिमा गरेका थिए।एक कार्यक्रमबीच नेशनल लाईफ इन्स्योरेन्स कम्पनी चन्द्रनिगाहपुर शाखाका प्रमुख मुक्तिनाथ अधिकारीले उक्त चेक हस्तान्तरण गरेका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया