कनकमणि दीक्षित परिवारको १८ रोपनी जग्गा मालपोतद्वारा रोक्का

काठमाडौं–१९ जेष्ठ

ललितपुरका मालपोत कार्यालय र भूमिसुधार कार्यालयले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित र उनको परिवारको नामममा रहेको १८ रोपनी जग्गा रोक्का गरेका छन् । रानी जगदम्बाकुमारी राणाले सरकारलाई दिएको जग्गा दीक्षित परिवारले आफ्नो नाममा सारेको ठहर गर्दे सरकारको नामममा फिर्ता ल्याउन अख्तियारले आइतबार भूमिसुधार मन्त्रालयलाई निर्देशन दिएको हो । मदन पुरस्कार पुस्तकालय र जगदम्बा प्रेसका नाममा रहको जग्गा मात्र होइन, पाटन क्याम्पसको नाममा रहको जग्गा पनि दीक्षित परिवारले आफ्नो नाममा सारेको अख्तियारको दाबी छ । दीक्षित परिवारको स्वदेश तथा विदेशमा रहकोे थप अकुत समपत्तिमाथि छानविन भइरहेको स्रोतले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया