कबि एकलभ्यको “अन्धो भुगोल” लोकार्पित

बिजनेसपाटी ३० पौष

कबि बिनोद दाहाल ( एकलभ्य) द्वारा लिखित कबिता सङ्ग्रह “अन्धो भुगोल” बिमोचन गरिएको छ। पुस्तक बिक्रिबाट उठेको रकम हाम्रो मामाघरलाइ प्रदान गर्ने उद्देश्यले गरिएको बिमोचन कार्यक्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनालले अब निजगढ नगरपालिकाले पनि सहित्य क्षेत्रमा ध्यनदिने र निजगढमा सहित्यको बिकासको लागी आफु अगाडी बढ्ने बताए ।

यसैगरी उपमेयर लिलादेवि लामिछाने खनालले पनि बिद्यालय स्तर देखि नै सहित्यमा रुचि राख्नीहरुको पहिचान गरि उनिहरुलाइ सहित्य क्षेत्रमा अगाडि बड्न प्रोत्साहन गर्नु पर्ने भनाइ राखिन। कार्यक्रममा बोल्दै बरिस्ठ कालाकार युवराज लामाले आफुले पुस्तक पुरै पढेको र यसमा लेखिएका कबिताहररु कबिहरुको भन्दा छुट्टै र भिन्दै रहेकोले पाठकहरुको मन छुने बताए। निजगढ मै रहेर सहित्य क्षेत्रमा योगदान पुर्याएका सहित्यकार राम प्रपन्न शास्त्रीले सहित्य समाजको ऐना भएको र यसले समाजमा रहेका कुराहरुलाइ जस्ताको जस्तै बाहिर ल्याइदिने बताएका थिए ।

निजगढ नगरपालिकाको सभाहलमा भएको कार्यक्रमा सस्थाका अध्यक्ष उदयराज अधिकारी सभा अध्यक्ष, निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनाल प्रमुख अतिथी, उपमेयर लिलादेबि लामिछाने खनाल ,कलाकार युबराज लामा ,साहित्यकार राम प्रपन्न शास्त्री बिशिस्ट अतिथी, त्यसैगरी बिभिन्न पार्टीका प्रमुख, वडा अध्यक्ष, सुरक्षाकर्मी ,पत्रकार,सहित्यप्रेमी लगायतको उपस्थिती रहेको थियो। कार्यक्रमको स्वागत मन्तब्य सस्थाका कोषाध्यक्ष महेसप्रसाद घिमिरेले गरेका थिए भने कार्यक्रम संचालन जुगल किशोर लामिछानेले गरेका थिए । कबिता सङ्रहको बारेमा प्रष्ट पार्दै कबि तथा लेखक बिनोद दाहालले साच्चिकै भुगोल अहिले अन्धो भएको बताए। साथै पुस्तक बिक्रीबाट उठेको सम्पुर्ण रकम हाम्रो मामाघरलाइ प्रदान गर्ने कुरा पनि उनले बताएका थिए। कार्यक्रमको आयोजना हाम्रो मामाघरले गरेको थियो भने the known band,My Shop र shiddartha upset press le सहयोगिको भुमिका निर्वाह गरेका थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया