करेन्ट लागेर अर्नाको मृत्यु
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_500,h_330/https://businesspati.com/wp-content/uploads/2016/11/arna.jpg)
काठमाडौँ १० मंसिर
इनरुवा- सुनसरीको पश्चिम कुशाहा-४ मा एउटा अर्नाको बिहीबार मृत्यु भएको छ। कोसी टप्पु वन्यजन्तु आरक्षबाट चरिचरन गर्नका लागि निस्केको अर्नाको बिहीबार पश्चिमकुशाहा-४ मा करेन्ट लागेर मृत्यु भएको स्थानीयवासीले बताएका छन्। स्थानीयवासीले धानबाली सुरक्षाका लागि लगाएको करेन्ट लागेर अर्नाको मृत्यु भएको स्थानीयवासीले बताए। आरक्षको कार्यालयदेखि पूर्वतर्फ करिब पाँचसय मिटरको दूरी क्षेत्रमा अर्नाको मृत्यु भएको आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए।
अर्नाको मृत्यु भएको विषयमा आफूलाई पनि जानकारी आएको तर अर्नाको शवपरीक्षणका लागि जिल्ला पशुसेवा कार्यालय सुनसरीको समन्वयमा सप्तरी जिल्लाबाट डाक्टरको टोली बोलाइएको संरक्षण अधिकृत साहले बताए। अर्नाको शवपरीक्षण भएपछि मात्र के कारणले मृत्यु भएको भन्ने विषयमा थाहा हुने संरक्षण अधिकृत साहले बताए। रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया