कर्मचारीको तलब भत्ता २३ प्रतिशतसम्म बढ्दै,

बिजनेसपाटी सम्बाददाता

काठमाडौं ७ जेस्ठ ।

निजामति कर्मचारी, प्रहरी, नेपाली सेना तथा शिक्षकहरुका लागि सरकारले १३ देखि २३ प्रतिशतसम्म तलव सुविधा बृद्धि गर्ने भएको छ ।  सरकारले आगामी आर्थिक बर्षको बजेटमा तलव सुविधा बृद्धि गर्न लागेको हो । सरकारले तलव र भत्ता गरी सुविधा बृद्धि गर्न लागेको जानकारी अर्थमन्त्रालय स्रोतले दिएको छ । कर्मचारीहरुले भने मूल्य बृद्धि ब्यापक बढेकाले तलव ५० प्रतिशतले बढाउनु पर्ने माग राखेका छन् । सरकारले भने धान्न सकिने गरी सुविधा बृद्धि गर्न लागेको हो ।
सरकारले १३ प्रतिशतले  स्केल र बाँकी हुने १० प्रतिशत रकम भत्ताका रुपमा दिने योजना अगाडि सारेको बुझियको छ । ‘मोटामोटी सहमति २३ प्रतिशत हो तर अन्तिम समयमा यसमा केही थपघट हुनसक्छ’ स्रोतले भन्यो, ‘बढ्दा पनि २३ प्रतिशतभन्दा माथि त पुग्दैन । स्रोत व्यवस्थापन गर्दै जाँदा केही असजिलो अवस्था आए प्रतिशत घट्न सक्छ ।’
कर्मचारीको तलव सुविधा बृद्धि गर्दाको असर सोझै मूल्य बृद्धिमा पर्न जान्छ ।  बजारमा पैसाको प्रवाह बढ्दा बस्तु तथा सेवाको बजारभाउ वढ्ने गरेको हालसम्मको अनुभव छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया