कहानी कविताभित्र सिद्धिचरण
स्वयम्भू शाक्य
मान्छेँहरू भन्ने गरिन्छ कहानी भनेको जीवनको जवानी हो । बितेका कुराहरूलाई सम्झेर अतीतमैं हराउने यौटा बाटो हो । मान्छेँमा सबैको आ–आफ्नो कहानी हुन्छ । कसैले सुनाउँ छन् त कसैले सुनाउँदैनन् । तर युगकवि सिद्धिचरण श्रेष्ठले आज आफ्नो कहानी सुनाउँदैछन् । थाहा छैन, तिमी बाँचेको भए के हुन्थ्यो ? आज मैले केहीं सोच्न सकिरहेको छैन । किनकि ऊ आज यो संसारमा छैन । संसारमै नभएको मान्छेँलाई म कसरी प्रश्न सोध्न सक्छु र ? तिमी बाँचेको भए म सोध्थे होला ? तर दैबको लिला न हो । मन परेको मान्छेलाई ईश्वरले पनि कति चाँडैँ बोलाउँदो रहेछ । त्यसैले सबैको प्रिय हुनु पनि गा¥हो हुँदो रहेछ । किनकि सबैको मन राखि दिनु पर्ने, सबैले बोलाएको ठाउँमा गईदिनु पर्ने, सबैले खुवाएको खानेकुरा खाई दिनु पर्ने, सबैले माया गर्दा आपूmले पनि माया गरिदिनु पर्ने ।
प्रिय आपैmमा अनमोल हुँदो रहेछ । अनमोल मान्छेँलाई ईश्वरले पनि चाँडैँ बोलाएर मनका कुराहरू पोख्दो रहेछ । यो भवसागरमा के हुँदैछ ? मान्छेको जूनीमा के गर्नुपर्ने रहेछ ? न्याय र अन्यायमा कसको जीत हुँदो रहेछ । आशा र भरोसामा सबैभन्दा बढी के मा हुँदो रहेछ । यस्तै यस्तै ईश्वरले पनि प्रश्न सोद्धा रहेछन् । त्यसैले तिमी बाँचेको भए मैले तिमीलाई केहीं कुराहरू सोध्न सकिथ्यो । तर तिमी त यो धरतीबाट बिलाई सकेको छ । आकाशमा नौ लाखे तारासँग मिलेर दिन–रात बिताउन थालिसकेको छ । यो धरतीमा कहिल्यै नफर्किने गरी तिम्रो शरीर जलाएर खरानी भई नदीमा सेलाई सकेको छ । त्यसैले म तिमीसँग कसरी कुरा गर्न सक्छु र ? बरु तिमी बाँचेको भए यो भवसागरको माया र मोहको बन्धनमा परेर तिमीले जन्माएको बच्चालाई म दिनहुँ हेर्न आउन सक्छु । तिम्रो काखलाई संसार सम्झेर खेलिरहने अबोध त्यो दुधे बालकलाई म दिनहुँ आएर खेलाउन सक्छु । माया र ममता दिएर म बालकको प्रेममा हाँस्न सक्छु । उसको निर्दोष हृदयमा पसेर म निर्मल पानी बनेर बग्न सक्छु । यौटा सच्चा साथी बनेर यो जगत्लाई परिचय दिन सक्छु ।
यौटा बच्चा हुर्काउन आमा–बाबुले कति दुःख र कष्ट झेल्नु पर्ने रहेछ । जतिसुकै हावाहुरी सहेर पनि बच्चालाई रक्षा गर्नु आमा–बाबुको कर्तब्य हुँदो रहेछ । त्यसैले यो जीवन त्यसै माटोमा खेर फाल्नु हुँदैन । पैंचो लिएर बाँचेको यो जीवनमा कसैलाई धोका दिएर जानु हुँदैन । किनकि यो जीवन अमूल्य छ । एक बारको जूनी न हो । फेरी फेरी कहाँ आउँछ र ? यो त हामीले बुझ्नु पर्ने कुरा हो तर तिमीले किन बुझ्न सकेनौं ? शायद तिमी बाँचिदिएको भए तिमीले थाहा पाउने छौं । तिमीले बच्चालाई लिन आउँदा ऊ भागी–भागी मेरो काखमा लुक्न आएको देख्न सक्नेछौं । किनकि मेरो काख भन्दा तिम्रो काख लाखौं गुणा गुनिलो छ । मेरो माया भन्दा तिम्रो माया लाखौं लाख ठूलो छ । तैपनि किन तिमीले लिन आउँदा तिम्रो छोरा मेरो काखमा लुक्न आउँछ ? तिमीले लिएर जाँदा ऊ किन फर्कि फर्कि रोएर जान्छ ? यो त माया र ममताको कुरो हो । यो त स्नेह र भावनाको संकेत हो । यो त आस्था र भरोसाको कुरो हो । यो त विश्वासमा बाँच्न यौटा मान्छेँको कहानी हो ।
तिमी बाँचेको भए अहिलेसम्म कति सपनाहरू देखिसकँे होला । तिमी नओइलाएको भए कति पूmलहरू हाँसी–हाँसी प्रेममा डुबेको देखिसकेँं होला । तर के गर्नु जो यहाँ हुनु पर्ने हो त्यही मान्छेँ नभएपछि उसले न सपनाहरू देखे न पूmलहरूको प्रेम हेर्न सके । मात्र शून्यमा हराएर शून्यबाट पलाएको ठाउँमा गए पछि यौटा मान्छेको कहानी त्यहीबाट समाप्त हुने गरिन्छ । भनिन्छ, कतिपय सम्झानाले मान्छेँलाई पोल्दो रहेछ । किनकि जो आफ्नो प्रिय छ उही मान्छेँ सम्झनामा मात्र आइदिए पछि मुटु भारी भएर बस्न गा¥हो हुनु स्वभाविकै हो । त्यसैले यो सपना हो कि विपना हो ? तिमी बाँचेको भए आ–आफ्नो कहानी सुनाउँदै अतीतका पानाहरू पल्टाउँदै हेर्न सकिन्छ ।
तिमी बाँचेकी भए
म सोध्थें
के तिमी ?
होइन केही पनि सोधदिनथें
तिम्रो काखको बच्चीलाई
म दिनहुँ आएर खेलाई रहन्थे
माया गर्थे
उसको निर्दोष हृदयको
म सच्चा साथी बन्थे
अनि तिमीले लिन आउँदा पनि
ऊ मेरो काखमा लुक्न आएकी
तिमीलाई देखाइदिन्थें
तिमी बाँचेकी भए !
हिजोको दूधे बालक आज बामे सर्ने भैसकेकी छे । पुतली जस्तै उडेर आपूmलाई मन परेको चीज लिन सक्ने भैसकेकी छे । त्यसैले यो त समयको खेल हो । समयले मान्छेलाई हिँड्न सिकाउँछ । बोल्न सिकाउँछ । नाच्न सिकाउँछ । गाउन सिकाउँछ । अनि आपूmलाई मन परेको कुराहरू पाउँनका लागि धेरै कुराहरू गर्न सिकाउँछ । प्रिय तिमी बाँचेको भए यहाँ के के गर्न पाउथ्यो होला । अलिकता तिमीले माया पाउछ होला । अलिकता तिमीले दया गर्छ होला । कति खुशी बनेर चौतारामा बसेर मनका कुराहरू पोख्थे होला । तिमीले आफ्नो बच्चा हेरेर मन मनै कति योजनाहरू बनाउदै भविष्यका लागि कति कुराहरू सोच्थे होला । बितेका कुराहरूलाई भूलेर हाँसी–हाँसी कति कुराहरू बालकलाई सिकाउँथे होला । कोमल ती शरीरमा घाममा बसेर कति तेल लगाउने होला । आज तिम्रो बच्चा स्कूलमा पढेको भए दुई चार कुराहरू सिकेर घरमै पनि त्यही कुराहरू गर्दै होली । बिहानैदेखि तिमी उठेर भ्याई नभ्याई स्कूलको तरखरमा लाग्ने होली । किनकि बच्चालाई बोकेर स्कूलसम्म पु¥याउनु मात्र होइन पढाई सकेपछि घरसम्म ल्याउन कति पसिना चुहाउनु पर्ने हो ? तैपनि तिमी कति खुशी हुनेछौं । म तिम्रो गाउँको सानो स्कूलमा मास्टर बनेर ती बालकहरूलाई आपूmले जाने बुझेका कुराहरू राम्रोसँग पठाउन्थे होला । आफ्ना मनका कुराहरू सबै भन्न सक्ने गरी बुझाउन्थे होला ।
मेरो देश अनि संसारका कथाहरू ती लालाबालाहरूले बुझ्ने गरी बुझ्ने भाषामा मेहनत गरी बुझाउँथे होला । नाचेर, हाँसेर, खेलेर, रोएर जिन्दगीमा मान्छेँ भएर कसरी बाँच्नु पर्छ भन्ने कुरा नैतिकताका कथाहरू पढाउन्थे होला । बोट–बिरुवाहरू कसरी पलाउँछ भन्ने कुराहरू किताबमा मात्र होइन साँच्चै नै ब्यवहारमा देखाउँथे होला । सफा सुग्घर कसरी गर्ने भन्ने कुराहरू सबैलाई कुचो दिएर स्कूलमा बराल्न लगाउँथे होला । हिसाबहरू कसरी गर्ने भन्ने कुराहरू विभिन्न तरिकाबाट सिकाउँन्थे होला । तर आज तिमी नै नभए पछि मैले तिम्रो बच्चालाई कसरी पढाउन सक्छु र ? तिमी बाँचेको भए मनमा लागेका सबै कुराहरू चौतारामा बसी कुरा गर्न सक्छु म । तिम्रो बच्चाले उत्सुक भई बेला बेलामा प्रश्न सोधेको तिमीलाई देखाई दिन्थे होला । बालकहरूको मन र मस्तिष्कमा जग कसरी राख्नु पर्छ भन्ने कुरा तिमीलाई बुझाई दिन्थे होला ।
कहानी समयको खेल हो । कोही पर्दाभित्र र बाहिर बसेर नाटक गरे जस्तो मान्छेको जीवनमा समय सँगै कहानी पनि बन्दो रहेछ । शुरुदेखि अन्तसम्म थुप्रै काहानीहरू कतै टुटेर कतै भत्केर अनि अपुरो भई आखीर कहानीभित्र पनि थुप्रै कहानीहरू लुकेको हुन्छ । त्यसैले तिमी आज भैदिएको भए बच्चाले पढे लेखेको मात्र होइन आपूmले बुझेका कुराहरू तिमीलाई बुझाउने छिन् । राम्रा नराम्रा कुराहरू मात्र होइन सानो कोमल हृदयमा पलाएका थुप्रै प्रश्नहरू तिमीलाई सोध्ने छिन् । मेरो बा कहाँ बस्छ होला ? मेरो आमालाई यति धेरै किन घरमा गा¥हो भएको होला ? समयमा किन भात नपाकेको होला ? दशैं तिहार आइसक्यो मलाई किन नयाँ लुगा नकिनिदिएको होला ? यस्तै यस्तै प्रश्नहरूले तिमी जल्ने छौं । मनमा बलेको आगो निभाउनका लागि तिमीलाई धेरै तिर्खा लाग्ने छ । नमीठो मात्र होइन मीठो र नमीठो दुबै कुराहरू भोग्नु पर्नेछौं ।
जब त्यो बच्ची बालिका हुन्थी
पुतली जस्तै खेल्ने हुन्थी
नाच्ने हुन्थी, अनि म तिम्रो गाउँको स्कूलको
मास्टर भएर आउने थिएँ
अनि ऊ पनि स्कूलमा पढ्न आउँथी
म पठाउँला
पढ्न, संसारका कुराहरू जान्न बुझ्न
ऊ उत्सुक भएको म तिमीलाई देखाइदिन्थे
तिमी बाँचेकी भए ।
यो संसारमा आज तिम्रो उपस्थिति भई दिएको भए तिमीले देख्नेछौं । तिम्रो छोरी जवान भैसकेकी हुने छौं । तरुनी बनेर अप्सरा जस्तै मन मोहक भएको देख्दा तिमी कति गर्बले गद्गद् हुने थियो । खुशी भएर मनभित्र आपूm आपैmमा हराएर तब तिमीले बाँच्नुको सार पाउन्थ्यो होला । शिक्षाको उज्यालो दीयोमा बत्ती बले जस्तै अन्धकारलाई हटाएर कुन ठीक कुन बेठीक छुट्याउनु मात्र होइन् अत्याचारीहरूको बिरुद्धमा तिम्रो छोरीले बोल्न सक्ने भैसकेकी हुन्थ्यो । मानबीय धर्मको पालना गरेर दीन दुःखीहरूको उद्धारगर्दै आज परोपकारी काममा ब्यस्त हुन्थ्यो होली । त्यसैले तिम्रो छोरी तरुनी मात्र होइन दीयोको ज्योति हो । राम्री मात्र होइन उर्वशी हौँ । ठीक–बेठीक छुट्याउन सक्ने नैतिकताको धरोहर हौँ । बेथितिलाई सुधार गर्ने समाजिक अभियन्ता हौँ । अन्धकारलाई हटाउने यौटा उज्याली हौँ । शुभ विहानीको यौटा नयाँ किरण हौँ । गगन जस्तै विशाल भई यो भवसागरमा थुप्रै सागर टर्ने यौटा माझी हौँ ।
तिमीले सोच्दै होली अब मेरी छोरी ठूली भैसकेकी छे । राम्रो वर पाए उसको घरजम गराउने सोचले होली आजकल ऊ विहेको लागि केटाहरूको खोजीमा छे । राम्रो, असल चाल–चलन भएको शिक्षित ज्ञानी वर पाउनका लागि भगवान्सँग पनि धेरै प्रार्थना गर्दै होल्ली । हे ईश्वर ! तिमीले अलिकता दया राखी देऊ । हे ईश्वर ! तिमीले अलिकता माया गरी देऊ । ताकि मेरी छोरीे राम्रो घरजम गरेर बस्न सकोस् । जिन्दगीमा कहिल्यै पनि दुःख नहोस् यही कामना छ प्रमू !
यो संसारमा त्यस्तो आमा–बाबु छैन होला जसले आफ्नो सन्तान बिग्रेको हेर्न चाहन्छ । आफ्नो सन्तानको लागि आमा–बाबुको देन अतुलनीय छ । जतिसुकै दुःख र कष्ट भोग्नु परे पनि आफ्नो सन्तानको मुख हेरी हाँसी हाँसी दुःख र कष्ट सहन सक्ने त्यो कस्तो हृदय होला ? खान लाउनका निम्ति दिनभरी काम गरे पनि कहिल्यै नथाक्ने त्यो कस्तो शरीर होला ? दया र माया कहिल्यै नसक्ने त्यो कस्तो मन होला ? जति हेरे पनि कहिल्यै नपुग्ने त्यो कस्तो आँखा होला ? त्यसैले आमा–बुबाको मन न हो । आफ्नो सन्तानले जतिसुकै नराम्रो काम गरे पनि आमा–बुबाको मुटुभित्र अलिकति भए पनि प्रेम, माया र स्नेह बाँकी रहेको हुन्छ । आफ्नो सन्तानले जतिसुकै दुःख र कष्ट दिए पनि प्रगतिको कामना सधैं गरिरहेकै हुन्छ । किनकि यो त मुटुको माया न हो । माया कहिल्यै पनि नसकिँदो रहेछ ।
आज यो संसारमा तिमी हुँदो हो त तिम्रो छोरीले जातभात नमिल्ने केटासँग प्रेम गरेको कुराले तिमीलाई कति तनाब हुन्थ्यो होला । किनकि हाम्रो समाजमा अहिलेसम्म पनि जातभात नमिल्ने मान्छँेसँग विवाह गर्ने चलन छैन । त्यसैले हाम्रो समाजले कुरा काट्ने छ । चाहिने नचाहिने कुराहरूले हामीलाई गलाउने छ । छोरी तिमीले यस्तो नगरिदिएको भए हुन्थ्यो । यो प्रेम होइन, कतै आशक्ती त होइन ? दुई चार दिनमा कतै बाटो बिराउने त होइन ? जातभात नमिलेकोले कतै तिमीलाई होच्याउने त होइन ? मान्छे भएर पनि पराई घरमा मान्छेको रूपमा नगन्ने त होइन ? त्यसैले छोरी यो प्रेम होइन । यो त बन्धन हो । आपूmले आपैmलाई लगाउने कतै यो नेल त होइन ? प्रेमको पासोमा कतै कठोर सजाएँ त पाउने होइन ? तसर्थ छोरी तिमीले यसलाई बिर्सिनु पर्छ । बन्धनमा होइन हामी त खुल्ला आकाशमा उड्नु पर्छ । तिमी त सामाजिक अभियन्ता भन्छौं तर खै हाम्रो समाजमा अहिलेसम्म परिवर्तन आएको छैन । तिमी एक्लै हुने छौं । समाजले तिमीलाई पागल भनेर कतै बहिष्कार गर्न सक्छ ? त्यसैले छोरी हामीलाई त्यो दिन हेर्नु छैन । जुन दिनमा हामी एक्लो भएर नदीको किनारमा बसाई सर्नु छैन ।
हामीलाई थाहा छ प्रेम अन्धो हुन्छ । प्रेमभित्र जात–भातका कुरा आउन सक्दैन । जात–भात त मान्छेले बनाएको कुरो हो । मायालाए पछि दुई चारदिनमा चुड्ने होइन ? माया त आँखाले होइन, मुटुबाटै लगाउनु पर्छ । सुन्दरतालाई सत्यले पनि बोलाउने गर्छ । त्यसैले यो त समाजको भ्रम हो । समाजलाई हामीले अवश्य पनि परिवर्तन गर्न सक्नुपर्छ । जसले जे सुकै भनून हामीले समाजभित्रका विकृती र विसंगतिहरूलाई सदाका लागि कुल्चिनु पर्छ । तब मात्र समाजले काँचुली फेर्ने छ ।
आज तिम्री छोरीलाई सम्झाई दिनु प¥यो भनी म कहाँ आएकी छे । युगौंदेखि थिचिएको जातपातका कुरालाई जरैदेखि फ्याक्नु पर्छ भनी छोरीले गुनासो पोख्दै छे । आखीर मान्छेँ न हो मैले अरुलाई प्रेम गरेको होइन । जातभातको कुरो मान्छेमा कहाँ आउन सक्छ र ? यो त मान्छेले बनाएको कुसंस्कार हो । हाम्रोमा जातभात छैन । जसरी रुखको यौटै मात्र जात छ । पशुको यौटै मात्र जात छ । हामी मान्छेँहरूको मान्छेँ पिच्छे कति वटा जात हुने हो ? यो त सम्भव छैन । जुन कुरो सम्भव हुँदैन त्यसलाई हामीले मानिराख्नु पर्ने आवश्यकता छैन । त्यसैले मान्छेँ आपैmमा यौटा जात हो । त्यो जातभित्र हाम्रो सिङ्गो समाज अट्नु पर्छ । होइन भने यो त विभेद हो । मान्छे–मान्छेभित्रको युद्ध हो । कहिल्यै पनि अन्त्य नहुने यो त अनन्तकालसम्म चल्ने मान्छेँहरूको कहानी हो ।
एक दिन ऊ तरुनी बन्थी
शिक्षाको उज्यालो पस्थ्यो
तिमी उसको विहे गराउन
कोही केटाको तलाश गराउँथ्यो होली
उसले कसैलाई प्रेम गरेकी हुन्थी
तर जात नमिलेकोले तिमी त्यहाँ छोरी दिन चाहन्नथ्यौ
मलाई आएर छोरीलाई सम्झाई बुझाई देऊ भन्न आउँथ्यौ
अनि त्यो छोरीले यसो भनेको देखाइदिन्थें
रुख एउटा जात हो
पशु एउटा जात हो
मानिस–मानिसको पनि जात नमिल्ने कुरा कहिँ हुन्छ ?
हरेक मान्छेँको आ–आफ्नो कहानी हुन्छ । तीतो, गुलियो, अमिलो, पिरो, थुप्रै कहानीसँगै मान्छेँले आ–आफ्नो गुजारा चलाई रहेको हुन्छ । त्यसैले भनिन्छ कहानी मान्छेँको अभिन्न अङ्ग हो । त्यो अङ्गभित्र मान्छेँ पग्लन पनि सक्छ, नपग्लन पनि सक्छ । यो त मनले भन्ने कुरो हो । समयले भन्ने कुरो हो । कर्मले भन्ने कुरो हो । नितान्त आपूmले आपूmलाई दोहो¥याउने कुरा हो । त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठले आफ्नो कहानीभित्र यौटा नारीको चित्रण गरी तिमी बाँचेको भए के हुन्थ्यो भन्ने कुरामै आपूm वरिपरि घुमिरहेको देखिन्छ । यौटा सानो बालक जसले आफ्नो आमाको काख खोज्छ । त्यहीबेलादेखि तरुण अवस्थासम्मको आफ्नो भावना पोखेको पाइन्छ ।
शिक्षाले मात्र मानव जीवनमा परिवर्तन ल्याउन सकिन्छ भन्ने मूल आशयका साथ सामाजिक अभियन्ताको रूपमा समाजलाई परिवर्तन गर्न थुप्रै प्रयासहरू नगरेको होइन । जात–भातका कुराहरूलाई प्रश्न उठाउँदै जात–भात केही होइन, यो त मान्छेको सोच हो । यस्ता सोचलाई समाजमा आमूल परिवर्तन गर्नु आवश्यक छ भनी युगकवि सिद्धिचरण श्रेष्ठले विगुल नफुकेको पनि होइन । तर अहिलेसम्म हाम्रो समाजमा परिवर्तन आइसकेको छैन । छिरछिर दूरदूर गर्ने बानी हटिसकेको छैन । मान्छँेले मान्छेँको ब्यवहार गर्न जानेको छैन । त्यसैले यो त महाअसमानता हो । मानवभित्रको सबै भन्दा ठूलो कलंक हो ।
प्रकासित मिति २०७९–१–३
फेसबुकबाट तपाईको प्रतिक्रिया