काठमाडौंको गुर्जुधारामा प्रभु बैंकको नयाँ शाखा
बिजनेसपाटी ८ श्रावण
काठमाडौंको गर्जुधारामा प्रभु बैंकले नयाँ शाखा संचालनमा ल्याएको छ। आइतबार एक कार्यक्रमबीच सभासद राजेन्द्रकुमार केसीद्वारा शाखाको उद्घाटन गरिएको छ।
बैंकले उपत्यका भित्रका बैंकिङ पहुँच नपुगेको स्थानमा शाखा खोल्ने क्रममा उक्त स्थानमा सम्पूर्ण बैंकिङ सुविधा सहितको अत्याधुनिक शाखा स्थापना गरेको बताएको छ।
यस शाखा मार्फत काठमाडौं क्षेत्र नं. १० का उद्योगी, व्यवसायी, शैक्षिक संस्था, स्वास्थ्य संस्था,लगायत सर्वसाधारणहरुले बचत,कर्जासंगै अन्य बैंकिङ सुविधाहरु सरल र सहजरुपमा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया