काठमाण्डौको टंगालमा प्रभु बैंक नयाँ शाखा
बिजनेसपाटी ३० चैत्र ।
प्रभु बैक लिमिटेडले बिहिबारबाट काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.५ टंगालमा नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । सो शाखा कार्यालयको बैंकका संचालक अम्बिका शर्मा लामिछानेले एक समारोहका विच समुद्घाटन गरे । मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये प्रभु बैंक लिमिटेडको भोटाहिटी शाखा कार्यालयलाई टंगालमा स्थानान्तरण गरिएको हो ।
यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमश स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हँुदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल र सहजरुपमा आधुनिक बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया