कालिका माविलाई सिद्धार्थ बैंकद्वारा शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

काठमाडौं २२ माघ २०८१। नवलपुरको देवचुली नगरपालिकास्थित कालिका माध्यमिक विद्यालयलाई सिद्धार्थ बैंक लिमिटेडले शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । रोटरी क्लबको समन्वयमा बैंकको दलदले शाखाका शाखा प्रबन्धक त्रिविक्रम लामिछानेले विद्यालयलाई सामाग्री हस्तान्तरण गरेक हुन् ।


बैंकले काठमाण्डौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ बाल अस्पताल निर्माणलाई सहयोग, विपन्न बालबालिकाहरुका लागि छात्रवृत्ति जस्ता कार्यहरुमा योगदान प्रदान गरिसकेको छ । बैंकले यस अघि पनि विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया