कृषि विकास बैंक सहित १९ कम्पनी हकप्रद स्वीकृतिको पर्खाइमा

बिजनेसपाटी २६ भदौ

कृषि विकास बैंकले ५० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । बैंकले तयारी अनुरुप अन्तिम स्वीकृतिका लागी धितोपत्र बोर्डमा प्रस्ताव बुझाएको छ । कृषि विकास बैंकले १  अर्ब ९६ करोड रुपैयाँ बराबरको १ करोड ९६ लाख कित्ता हकप्रद निष्काशनका लागी धितोपत्र बोर्डमा प्रस्ताव बुझाएको  हो ।

कृषि विकासले ईक्रा रेटिङ गर्न नपर्ने भएकाले बैंकको हकप्रद प्रस्ताव बोर्डबाट छिटै स्वीकृत हुने अपेक्षा गरिएको छ। बैंकको शेयर निष्काशक तथा बिक्रि प्रबन्धकमा एस क्यापिटल रहेको छ।  हाल बैंकको चुक्ता पुंजी ३ अर्ब ९३ करोड रुपैयाँ रहेको छ। ५० प्रतिशत हकप्रद वितरणपछी बैंकको साधारण शेयर पूँजी ५ अर्ब ९० लाख पुग्ने छ। बैंकको अग्राधिकार शेयरलाइ चुक्ता पुंजीमा गणना गर्न नपाइने व्यवस्थापछी बैंकले राष्ट्र बैंकले तोकेको ८ अर्ब चुक्ता पुंजी हकप्रद, बोनस र अन्य विकल्पमार्फत पुंजी बढाउन लागेको हो।  बैंकको कुल चुक्ता पुँजी ९ अर्ब ८६ करोड ८ लाख रहेको छ ।

यसमध्य साधारण शेयर पुँजी ३ अर्ब ४२ करोड ४० लाख छ भने नेपाल सरकारको अग्राधिकार शेयर ६ अर्ब ४३ करोड ६८ लाख रुपैयाँ रहेको छ ।  गत आर्थिक बर्षमा बैंकले २ अर्ब ५७ करोड खुद नाफा आर्जन गरेको थियो। बैंकले यस अवधिमा ८७ अर्ब २६ करोड ३४ लाख रुपैयाँ निक्षेप संकलन गरी ७९ अर्ब ७५ करोड १८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यस अवधिमा बैंकको खराब कर्जा अनुपात १.५ प्रतिशतले घटेर ३.८५ प्रतिशतमा पुगेको छ।  यस अवधिमा बैंकको प्रति शेयर आम्दानी ५५.६४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १३ दशमलव ८० गुणा, प्रतिशेयर नेटवर्थ ३०३.१५ रुपैयाँ रहेको छ।  हाल बोर्डमा कृषि बिकास बैंक सहित अन्य १८ बैंक तथा वित्तीय संस्थाको ८ अर्ब ६१ करोड रुपैयाँ बराबरको ८ करोड ६१ लाख कित्ता हकप्रद शेयर पाइपलाइनमा रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया