के नेपालमा जनवादी पत्रकारहरू छैनन् ?
–वैरागी जेठा
क्रान्तिकारी जनवादी पत्रकार बुद्धिजीविले साँचो काम गर्नु पर्दछ । जनता भन्नाले किसान मजदूर,विद्यार्थी , राज्य,राज्यका कार्यपालिका ,न्यायपालिका ,व्यवस्थापालिका, राज्यका प्रत्येक प्रमुख अङ्गहरूलाई सामाजिक प्रश्नको उत्तर दिनेकाम पत्रकारहरूको हो । पत्रकार शव्द निमार्ण र भाषिकतामा ढाल्नेकाम पनि पत्रकारको हो । यहाँ त्यसो हुन सकिरहेको छैन । वर्तमान पत्रकारहरूले महासङ्घको विधान पालना गरेको पाइँदैन । महासङघको विधी नमान्नेहरू सङ्गठनमा समावेश हुन सक्दैनन् । पत्रकार एउटा विचारक हो , चिन्तक हो , समालोचक हो , जस्ले गर्दा राज्यका प्रमुख र तीनका कार्यकर्ताहरूलाई सचेत गर्नु हो । पत्रकारले विज्ञापन चन्दा उठाउने कार्य गर्न सक्तैन । बजारमा आउने छापा मुद्रणमा आउँने पत्रिकाहरू ,अनलाइन , जस्ता अनेकौँ सूचना प्रवाह गर्ने सञ्चार गृहका पत्रहरूले कस्तो भाषा शैली अपनाउँनेहो त्यसमा गम्भिर ध्यान दिनु पर्छ तर त्यसो गरेको पाइँदैन । पत्रकारले सधैँ विचारको रोपाइँ गर्दछ । पत्रपत्रिका, अनलाइन जस्ता क्षेत्रहरूमा विचार ,दर्शन चिन्तन मनन्भन्दा विज्ञापन , चरित्रहत्या जस्ता अनेकौँ सामाग्रीहरू मुद्रण गरेका पाउँने गरेका छौँ । जसले गर्दा समाज सधैँ आतङ्कीत भइरहने गर्छ । यसमा नपाली पत्रकारहरू गम्भिर हुन आवश्यक छ । पत्रपत्रिकामा समाचार लेख्नेलाई सामान्य अर्थमा पत्रकार भन्ने गरिन्छ । पत्रकारले आफ्नो घटना वस्तुलाई गम्भिररूपमा चित्रण गर्ने हो । वास्तविक घटनाका समाचार बुझ्न निकै कठिन अवस्थाका समाचारहरू आउँने गर्दछन् । ठूलो द्वन्द्वको भूमरीमा पारिरहेको हुन्छ । जनसाधारण र राजनीतिक कृयाकलापको शुक्ष्म अध्ययन हो असल पत्रकारको दायित्व अर्थात् भूमिका । वर्तमान अवस्थामा त्यस्तो अध्ययन गर्ने पत्रकारहरू पाउन निकै कठिन रहेको छ । सामाजिक इतिहास बारे अध्ययन गर्दै ,भाषिक शब्दहरू व्याख्या गर्नु ,प्रयोग गर्नु र तिनलाई आम जनताका माझ पठाउँनु पत्रकारहरूको ठूलो भूमिका हुने गर्छ । पत्रपत्रिकाहरू अध्ययन गर्ने पुस्ताकालय , निमार्ण गर्नु , किसान मजदूर ,विद्यार्थी लगायत समाजका विशिष्ठ अङ्गहरूलाई कृयाशिल गराउनु र सूचनादिनु पत्रकारको दायित्व हो । आजकलका पत्रकारहरूमा त्यस्तो पाइँदैन । समाजिक इतिहास बारे अध्ययन गर्दै ,भाषिक शब्दहरू निमार्ण गर्नु हो । नयाँ नयाँ शब्दहरू जन्माउनु पत्रकारको धर्म हो ।
यहाँ त्यस्तो छैन । पत्रकार महासंघको स्थापना समाजवाद र अद्र्ध समाजवादी संप्रदायको परस्पर संघर्षका लागि पत्रकार वर्गलाई विश्वसमाजले एक सच्चा संगठन मान्द छ । अन्तर्राष्ट्रिय पत्रकारहरूको भनाइ पनि पत्रकारको विधान पद्धति अनुसार चल्नसक्नु पर्छ । यहाँका पत्रकारहरू त्यसरी चलेका पाइँदैनन् । यहाँका पत्रकारहरूमा संकुचित भावना बढिरहेको पाइन्छ । संगठन गर्ने संस्कार फितलो रहेको छ । पार्टीका कार्यकर्ता , व्यापारी , शिक्षक , मजदूर पत्रकार हुनसक्दैनन् । यहाँ पत्रकार भन्नाले पार्टी संगठन नै पत्रकार हुन् भन्ने चिन्तन रहेको छ ।हामी यस्ता ठाउँमा र यस्ता प्रवृत्तिहरूमा अलमलिरह्यौँ भने पत्रकारिता को विकास गर्नसक्दैनौ । माक्र्सको सिद्धान्त अनुसार यहाँका पत्रकारहरू चलेको पाइँदैन जो आफूलाई कम्युनिष्ट ठान्छन् । प्रजातान्त्रिक भन्न रुचाउँनेहरूमा पनि प्रजातान्त्रिक संस्कार संस्कृतिहरू पाउँन हामीलाई मुस्किल रहेको छ । श्रम ऐनका कुरा गरिन्छ व्यवहारमा छैन । वर्तमान १०औँ काठमाण्डौँ अधिवेशनमा बौद्धिक सम्मेलन हुन सकेन । पत्रकारले शब्द र भाषा निमार्ण गर्ने भएकाले शो कुरामा कुनै सम्बोधन हुन सकेन । वर्तमान सम्मेलमा शाखाको भूत , वर्तमान र भविष्यको कार्ययोजनाहरू आउँनु पथ्र्यो त्यो आएन । विगतका वर्षहरूमा आउँने गर्थे यसपाली कुनै केही न आउनु निकै रहस्य रहेको छ । यो दुखद घटना पनि हो । प्रगति विवरण त्यहाँ भएका कुनैपनि साधरण सदस्यले माग गरेन , चियापसलमा बसेर अनेकौ कुरा गरे ,संगठन भित्रको कुनै कुरा गरेरनन् आर्थिक स्तर कसरी बढाउँने , शाखामा आबद्ध रहेका साधारण सदस्यहरूलाई कसरी संगठनको विधान अनुसार संगठन गर्ने रपत्रकारको संस्कार ,संस्कृति र धर्मबारे शाखाले कस्तो कुरा राख्दैछ भन्ने कुरामा कसैले पनि चासो राखेनन् । कुन गुटलाई कसरी जिताउँने भन्ने तिरमात्र ध्यान दिइयो । वन्द शत्रमा कस्ता चिजहरूको निणर्य भए , माथ्ल्लिो केन्दीय समितिलाई कस्तो ध्यानाकषर्ण ग¥यो कसैले पनि प्रश्न गरेन यो दुखद घटना हो । लगभग पन्ध्रसय सदस्य भएको शाखाको बन्द सत्रमा ३० ४० जनाको उपस्थितिमा बन्द सत्र सम्पन्न भयो । यही हो पत्रकारको धर्म । पत्रकार महासंघको संस्कार ,संस्कृति यही हो ,गम्भिर प्रश्न यही छ । फेसबुकमा राखिएका तस्बिरहरू आफैँ बोल्छन् । यो लेखक बोल्नु पर्दैन । संगठन भित्र पसेपछि आफूले गर्ने योजनाहरू हुनु पर्छ । ठूलो भिड , शेयरबजारमा लाग्ने भिड जस्तै भिड लागेर उमेद्वार खडाभएकाले शाखालाई राम्रो सम्बृद्धि गराउलान् भन्नु मुर्खता हो । यसले पत्रकारहरूको भलो गर्दैन । यहाँ कुनै वैचारिक पत्रकारहरूको भेला थिएन त्यसैले यस्तो भएको हो । यस्ता चरित्रहरूले वैचारिक ढङ्गले अगाडि बढ्न सहयोग गर्दैन भन्ने लाग्छ । पहिला पहिलाका पत्रिकाहरू खोजेर किनेर पढ्थे ,आजकल मान्छेहरू पत्रिकाहरू पढ्दैनन् । पत्रकारले समाजका विभिन्न मान्छेहरूलाई चेतना दिने काम गर्दछ । आजकालका पत्रपत्रिकाहरूले त्यसो गर्नसकेका छैनन् । नेपालको सन्दर्भमा भन्ने हो भने जनवादी पत्रकारको संगठन निमार्ण हुन सकेको छैन । दशवर्षको जनयुद्धको लडाइँ संघर्ष ,६१६२,६३का आन्दोलनले ल्याएको परिवर्तनमा पत्रकारिता क्षेत्र परिवर्तन हुन सकेको छैन । आन्दोलन भए त्यसका सन्देश अनुसार कुनै काम हुन सकेनन् । मानव विदारक पीडा यही नै हो भन्ने लाग्छ । माक्र्सको सिद्धान्त अनुसार यहाँका पत्रकारहरू चलेको पाइँदैन । श्रम ऐनका कुरा गरिन्छ ,व्यवहारमा छैन । वर्तमान् १० औँ काठमाण्डौँ अधिवेशनमा बौद्धिक सम्मेलन हुन सकेन । पत्रकारले शब्द र भाषा निमार्ण गर्दछ । समाजका विभिन्न मान्छेहरूलाई चेतना दिने काम गर्दछ । समाजका विभिन्न मान्छेहरूलाई चेतना दिने काम गरिनुपर्दछ । उनीहरूलाई वैचारिक ढङ्गले अगाडि बढ्न सहयोग गर्ने भाषिय समाचार लेखिनु पर्छ र लेख्नेहरू नै पत्रकार हुन् । नेपालको सन्दर्भमा भन्ने होभने जनवादी पत्रकारको संगठन निमार्ण हुन सकेको छैन । दशवर्षको जनयुद्धको लडाईँ संघर्ष ६१ ६२ ,६३का आन्दोलनले ल्याएको परिवर्तनमा पत्रकारिता क्षेत्रमा परिवर्तन हुन सकेको छैन । आन्दोलन भए त्यसका सन्देश अनुसार कुनै काम हुन सकेनन् । निवर्तमान कार्य समितिले पनि पालना गर्न सकेन । अध्यक्षमाथि हमला गरेको पाइयो । उनीहरूले हाम्रो दायित्व के हो भन्ने कुराको हेक्का राखेको पाइएन । पत्रकारले आफ्ना भाषा शिल्पमा राज्यका शासक प्रशासक, अन्य व्यूरोहरूलाई झकझकाउँने हुनु पर्छ ।त्यसरी झकझकाउँने किसिमको हुन सकेको छैन । चिया पसलमा बस्दा पनि पत्रकारहरूको नैतिक प्रश्न गरेको पाइयो, स्थलगत भ्रमण गर्दा ,पत्रकार आफ्नो दायित्वमा छकिछैन गम्भिरकुराहरू उठेका छन् ।
कवि तथा पत्रकार स्कूलका अध्यापक जस्तै हुन् । आम जनसाधारणका लागि तर पत्रकारहरूले त्यस्तो अध्यापक गरेको देखिँदैन । सरकारलाई सचेत बाटो हिँडाउँने र डो¥याउँने पत्रकारहरू कस्तो हुनुपर्छ आफैँ ठम्याउँनु होस् । यहाँ त्यसो हुन सकिरहेको छैन । माक्र्सवादी दृष्टिकोणबाट अध्ययन गर्दा नेपालका पत्रकारहरूले त्यस्तो क्षमता प्रदान गरेको पाइँदैन र आज चलिरहेको अधिवेशन पनि त्यस्तै प्रकारको रहेको छ । माक्र्सवादी दर्शन अनुसार पनि सामाजिक संघसंस्था र राजनैतिक संस्थाका प्रतिवेदन प्रस्तुत हुन पर्छ र श्रम निर्धारण गरिनु पर्छ भनिएको छ । व्यवहारमा त्यो लागू गर्न सकिरहेको छैन । आफूलाई कम्युनिष्ट चरित्र भएका पत्रकारहरूमा सामेल गराउँन चाहनेहरूसँग पनि त्यो संस्कार पाउन नसक्नु हाम्रा लागि दुर्भाग्य हो भन्ने लाग्छ । नेपाल पत्रकार महासंघ काठमाण्डौँ शाखाको दशौँ अधिवेशन आइपुग्दा र चलिरहँदा कुनै प्रगति भएको देखिँदैन । साधारण सदस्य बनाउँने र पार्टीका कार्यकर्ता भर्ने सिवाय अरु केही भएको छैन । विगतका अधिवेशनहरूमा शाखाको प्रगतिविवरण सुनाइन्थे र मुद्रण हुने गर्थे तर यस पटक त्यसो देखिएन । आफ्ना गुटका प्रतिनिधि थुपार्ने र चुनाव जित्ने भन्दा अरुकुरामा खासै ध्यान दिएको पाइएन । सायद पहिलो घटना हो भन्न सकिन्छ । शाखाको प्रगति प्रतिवेदन र भावी लक्ष्यको बारेमा कुनै सामाग्रीहरू आएनन् । त्यतिकै बन्द शत्रले पास ग¥यो ।यो नै दुखद घटना हो । तिनका कार्यसमितिमा रहेका सदस्यहरूले पनि खासै कृयाशिलता देखाएको पाइएन तर उनीहरू नयाँ कार्यसमितिमा रहन भोट माग्न दौडधुप गरिरहेका देखिन्थे । सम्मेलन र सम्मेलनको गरिमा माथि उनीहरूको कुनै चासो देखिँदैन थ्यो । रमिते भीडहरूलाई त झन् मतलब हुने कुरै हुने कुरै भएन ।
प्रकाशित मिति २०७४-१-१०
फेसबुकबाट तपाईको प्रतिक्रिया