कैलाश विकास बैंकको २५ प्रतिशत बोनश पारित

काठमाडौं २९ पौष 
कैलाश विकास बैंकको शुक्रबार भएको साधारणसभाले चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनश शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभाले संस्थापक समूहबाट राजेन्द्र गिरी,सुनिलनारायण श्रेष्ठ, नारायण पौडेल र सर्वसाधरण समूहबाट चिन्तामणी पाण्डे,उद्धवराज पुरी र कविराज पौडेल निर्विरोध चयन भएका छन्।

संचालक समितिको शुक्रबार बसेको बैठकले राजेन्द्र गिरीलार्इ अध्यक्षमा चयन गरेको छ। बैंकको बोनश शेयर जारीपछि चुक्ता पूँजी १ अर्ब ९७ करोड ५४ लाख रुपैयाँ पुगेको छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको २० प्रतिशत हकप्रद निष्काशनपछि संस्थाको पूँजी दुर्इ अर्ब २९ करोड पुग्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया