गच्छदारको पार्टी ओली सरकारबाट हट्ने

काठमाडौं ६ साउन, ।

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)ले सरकारबाट हटने निर्णय गरेको छ ।

पार्टीका नेताहरूले यसलाई तत्कालै सार्वजनिक नगर्ने निर्णय गरेकाले विज्ञप्ति जारी नगरिएको नाम नखुलाउने सर्तमा बैठकमा सहभागी एक नेताले जनाएको आजको कारोबार दैनिकमा समाचार छ ।

पार्टी स्रोतका अनुसार औपचारिक रूपमा पार्टीले तीन ठूला दललाई देशलाई मुठभेडबाट जोगाउन आवश्यक पहल गर्न आग्रह गर्ने निर्णय गरिएको छ । कार्यसम्पादन समितिका सदस्य र काठमाडौंमा उपस्थित सांसदहरूको उपस्थितिमा यो निर्णय गरिएको छ ।

बिहीबार बस्ने संसद्को बैठकको अवस्थालाई अवलोकन गरी पार्टीले वर्तमान राजनीतिक परिस्थितिबारे लिइएको निर्णय सार्वजनिक गरिने ती नेताले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया