गजल (गफै गफको बिच बिचमा झिम्काउछौरे परेलीहरु)
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_400,h_258/https://businesspati.com/wp-content/uploads/2016/05/sagi.jpg)
बिजनेसपाटी-
गफै गफको बिच बिचमा झिम्काउछौरे परेलीहरु
पाउलान् चाल दुनिया भनि नचाउछौ रे परेलीहरु
सकिन मैले माया लाउने मेरो सोचमा अनाकानी त
भनि अनेक स्वप्न आफैमा सजाउछौरे परेलीहरु
जन्मौ ,जन्मकी साइनो मेरो चाहेझै आज भेटीदा
देखिरौ भन्दै मलाइत सामु बसाउछौरे परेलीहरु
बिन्ती एउटा असल साथी भन्न नसक्दै अनायसै
सृष्टिमा तिमी एउटै भनि रुझाउछौरे परेलीहरु
हरेश खान्न अब लेक र तराइ जरुर मिल्छौ
प्रतिज्ञासाथ दुश्मन सामु जुधाउछौरे परेलीहरु
गफै गफको बिच बिचमा झिम्काउछौरे परेलीहरु
पाउलान् चाल दुनिया भनि नचाउछौ रे परेलीहरु
सगित सुबेदी ( गौतम)
फेसबुकबाट तपाईको प्रतिक्रिया