गजल-बर्ता बस्दा तीजमा मलाई भोक प्यास लाग्यो भन्दै

-सगिता सुबेदी

मैले भने ए, हजुर संगै घुम्न हिन्दिसियो

हजुरको रोजाईमा एक साडी किन्दिसियो

मैले आज त्यसो भन्दा उहाँ पनि मख्ख पर्दै
अपिसमा फोनबाटै बिदा कुरा छिन्दीसियो

एक साडी मन पर्यो कस्सो गरि भनौ भाको
त्यो नै राम्रो लिउ भनि मन्को कुरा चिन्दिसियो

मत दङग कुन कुन फेन्सि भनि लग्दिदा
तिम्रो लागि यो उ लिन्छु भन्दै सामान् गिन्दीसियो

बर्ता बस्दा तीजमा मलाई भोक प्यास लाग्यो भन्दै
पुवा खाऊ म बनाउछु भन्दै चामल पिन्दीसियो

मैले भने ए, हजुर संगै घुम्न हिन्दिसियो
हजुरको रोजाईमा एक साडी किन्दिसियो

फेसबुकबाट तपाईको प्रतिक्रिया