गजल

 भोला चौलागाईं

खुसीयालीमा कालो मेघ छाउँदै जाँदै छ ।
जिन्दगीमा आँधी तुफान आउँदै जाँदै छ ।

पटकपटक बास बस्छ हर्ष दिलमा
क्षणभरमा घात जति पाउँदै जाँदै छ ।

रोदनका शब्द शब्दमा सङ्गीत भरेर
भाग्य पनि विवश भई गाउँदै जाँदै छ ।

खुसी जति हृदयको पराई मात्र बन्छ
दु:ख भने सधैं साइनो लाउँदै जाँदै छ ।

ऐश आराम मेरो भागमा कहाँ मिल्छ र
विरह चाहिँ पीडा दिन धाउँदै जाँदै छ ।

निजगढ ५(बारा)

प्रकाशित मिति २०७५-९-१३

फेसबुकबाट तपाईको प्रतिक्रिया