“गणतन्त्र स्थापित गर्न प्रधानन्यायधीश कार्कीलाई महाअभियोग”-मणि थापा ( अन्तर्वार्ता )

मणि थापा, हेडक्वार्टर सदस्य, माओवादी केन्द्र

१) प्रधानन्यायधीश विरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको व्यापक विरोध छ, यो एकाएक किन आयो ?

यो एकाएक आएको होइन । यसको सिर्जना अहिलेको सरकार र संसदले गरेको पनि होइन । यसको सिर्जना कार्यपालिकालाई जव न्यायपालिकाले कार्यपालिकाको निर्णयमाथी जव अवरोध पैदा गर्दै गयो । त्यो अवरोधलाई व्यवस्थापन गर्न र राजनीतिलाई कमाण्डमा ल्याउनका निम्ती यो घटना अघाडी आयो । विशेषत यसको पछाडी प्रधानन्यायधीश मात्र होइन की एउटा ठुलो गिरोह यसको पछाडी लाग्यो । पहिलो त त्यो गिरोहले यो निर्वाचन चाहेको थिएन । दोश्रो निर्वाचन नचाहनका निम्ती प्रहरीमा विशेष गरेर नवराज सिलवालको जो प्रकरण आयो । नवराज सिलवाल मार्फत यो घटनालाई राजनीतिक डाइभर्ट गर्ने र कार्यकारिणी माथी हस्तक्षेप गर्दै कार्यपालिकालाई कमजोर पार्ने एउटा लामो श्रिङखला आएको हुनाले बाध्यताबश कार्यपालिका र गणतन्त्रलाई स्थापित गर्नका निम्ती बाध्यताबश चालिएको कदम  हो । यो कुनै रुचीको आधारमा चालिएको कदम होइन । यो कदम स्वयम न्यापपालिकाले सिर्जना ग¥यो र त्यो क्रियशनमा नवराज सिलवाललाई यसको महराको रुपमा बनाइयो । यसको पछाडी राजनीतिक भेष्टे«ट इन्टे«स्ट छ भन्ने कुरा नवराज सिलवालको प्रहारले पनि यो जनाउँछ ।

२) धेरैले यसलाई लोकतन्त्रमाथी कै प्रहार भनेका छन नी ?

यो चाँही के छ भने राज्यका अंगहरुमा मुख्य अंग कुन ? र, अहिलेको आवश्यकता के हो भने मुख्य पोलिटिक्स इस कमाण्ड भनिन्छ । राजनीतिले कमाण्ड गर्ने हो । अर्को अहिले गणतन्त्र स्थापित भइसकेको छैन । गणतन्त्र स्थापित गर्नका निम्ती राज्यका सबै अंगहरुको लागि गणतन्त्र मुख्य हुन जरुरी छ । अहिले राज्यका धेरै अंगहरु अख्तियार भन्नुस् प्रधानन्यायधिश शुशिला कार्की भन्नुस् यो गणतन्त्र उन्मुख भन्दा पनि सस्तो लोकप्रियताको आधारमा गणतन्त्र र कार्यपालिका कमजोर पार्ने र समाजको एउटा लोकप्रियतावादी तप्कालाई अघाडी ल्याएर गणतन्त्र र विशेष गरेर माओवादीलाई कमजोर पार्ने जुन खेल भयो । त्यसमा स्वय शुशिला कार्की पनि त्यसको ब्याधाको रुपमा अघाडी आइन् । त्यसकारणले गर्दा उनले केही लोकप्रिय काम गरेको हुनाले अलिकति लोकप्रियतावादी धाराबाट उहाँलाई केही सर्मथन आएको होला । तर गणतन्त्रको प्रश्नबाट र कार्यकारणीलाई बलियो बनाउने प्रश्नबाट यो सही प्रगतीशील स्टेप हो भन्ने हाम्रो विश्लेषण छ । यदी उनीमाथी यो हस्तक्षेप भएको थिएन भने प्रहरी प्रशासन लथालिंग हुनेवाला थियो । निर्वाचन सफल हुन नसक्ने परिस्थीति बन्नेवाला थियो । अहिलेको सरकारलाई असफल गर्ने खेल हुनेवाला थियो । र, यो सरकार असफल हुने, निर्वाचन असफल हुने र गणतन्त्र कमजोर पार्ने भइसकेपछि यथास्थीतिवादी शक्ति र प्रतिगामी शक्तिहरु चलखेल गर्ने थिए भन्ने कुराबाट अहिले ज्ञानेन्द्रको सक्रियता र ज्ञानेन्द्रसँग ओलीहरु जेडिने, त्यहाँ राप्राहरु जोडिने र सबै यथास्थीतिबादी शक्तिहरु जोडिनुको कारणले यो खेल अलिक डेन्जर खेल थियो । त्यो माथी राजनीतिले कमाण्ड गर्यो र गणतन्त्र बचायो भन्ने अर्थबाट बुझ्न जरुरी छ । तर अब उनले गरेका केही राम्रा कामको आधारमा मात्र मुल्याङकन गर्न अहिले मिल्दैन ।manii
३) महाअभियोग प्रस्ताव संसद प्रवेश त भयो । यो पास होला त ?

दर्ता भयो । दर्ता भएपछि संसदीय प्रक्रियामा जान्छ । संसदी प्रक्रियाबाट यो हल हुन्छ । यो प्रस्ताव अहिलेको राजनीतिक प्रक्रियामा अघाडी बढिसकेपछी यसले अहिलेको राजनीतिक परिस्थीतिलाई विगार्ने सम्भावना छैन । यो अघि बढीसक्यो ।

४) महाअभियो प्रस्ताव दर्ता गर्न दलहरुका केही सभासदहरुको किर्ते हस्ताक्षर समेत भएका छन् भन्ने पनि आयो नी ?

त्यो टेक्निकल्ली कसरी हस्ताक्षरलाई प्रयोग गर्ने भन्नेमा केही गोपिनियताका कुराहरु त्यहाँ छन । त्यो गोपिनियताका कुराका कारणले गर्दाखेरी टेक्निकल्ली समस्या होला । मेजर समस्याको रुपमा यो छैन ।

५) माओवादी केन्द्रको चुनावी तालमेल कसरी अघि बढछ ?

नेपाली काँग्रेससँग सरकारमा भएको हिसावले कतै न कतै हाम्रो नैतिक रुपले थोरै तालमेल हुनुपर्छ भनेर हामी लागेका छौ । केही ठाउँमा भइ पनि रहेको छ । तर मुख्य त चुनावी तालमेलका निम्ती हामीले जिल्ला र नगरपालिका अर्थात तल्लो निकायलाई नै पुर्ण अधिकार दिएको हुनाले स्थानिय विशेषताका आधारमा कोसँग तालमेल गर्ने भन्ने कुरा भर पर्छ । तर हाम्रो देशब्यापी रुपमा तालमेलको सम्भावना छ । विशेष गरेर काँग्रेससँग अलिकति नजिक हुने कुरा सरकारमा सँगै भएको कारणले हुनसक्छ । तर त्यही मेजर भने होइन ।

६) चर्चामा रहेको काठमाण्डौ, ललितपुर र भक्तपुर महानगरपालिकामा तालमेल हुने सम्भावना के छ ?

तालमेल हुने सम्भावना एकदमै छ । निर्वाचन प्रक्रियासम्म जाँदा तालमेल हुन्छ । अहिलेको गणतन्त्रलाई सुदृढ गर्ने, समावेशीतालाई सुदृढ गर्ने, लोकतन्त्रलाई सुदृढ गर्ने र राष्ट्रियतालाई सुदृढ गर्ने शक्तिहरुसँग हाम्रो तालमेल हुन्छ ।

७) एमालेले त काठमाण्डौ महानगरमा राप्रपासँग तालमेल गरेको देखिन्छ । उनीहरुको यो तालमेललाई लिएर यहाँको धारणा के छ ?

हैन, अब यो चुनावी तालमेल गर्यो भनेर विरोध गर्न आवश्यक छैन । तर सिद्धान्त फरक छ । जस्तो हामीले पनि चुनावमा सबै खालका इलमेन्टहरुसँग तालमेल गर्छौ । तर एमालेको खतरनाक कुरा के हो भने एमालेले कथित महेन्द्रीय राष्ट्रबादमा जसरी ज्ञानेन्द्र र पुरानो दरवारसँग जो खालको सम्बन्ध बनाउने कोसिस गरिरहेको छ । र, अहिलेको सवोच्च अदालतको यो महाअभियोग केसमा पनि उनीहरु जसरी नजिक भएर गृहकार्य गर्न कोसिस गरे यो चाँही नेपालको राजनीतिका निम्ती खतरनाक छ । र, यो अति दक्षिणपक्तीहरु बीचको एकता अलिक खतरनाक छ भन्ने हामीलाई लाग्छ ।

८) प्रधानन्याधिशको महाअभियोगले राजनीतिक धुव्रिकरण बढाउँछ । राजनीतिलाई अर्कैतिर लानसक्छ भन्ने विश्लेषण पनि बजारमा छन नी ?
होइन यसले धेरै ठुलो मोड लिन्न । जस्तो कटुवाल प्रकरणमा धेरै शाहसिक निर्णय भएको थियो । त्यसले माओवादीलाई थोरै ड्यामेज गरेको हो र तर नागरिक सवोच्चतालाई स्थापित गर्ने खालको थियो त्यो । त्यसले पुरै राजनीतिलाई मोड्न सकेन । दोश्रो प्रकरणमा लोकमान सिंह कार्कीको कुरा आँउछ । हामीले त्यसले पनि राजनीतिमा टोट्लै डाइभर्ट गर्छ की भन्ने मान्छेका शंका थिए । त्यो पनि समाधान भएर गयो । र, अहिले शुशिला कार्की प्रकरणले पनि राजनीतिमा धुव्रिकरण गर्न सकिन्छ । माओवादीलाई कमजोर पार्छ र यो सरकारलाई कमजोर पार्छ भन्ने जो आँकलन थियो । ठीक ठाँउमा र ठीक समयमा यसको औषधी भएको कारणले यसले ठुलो असर गर्दैन । हो, नयाँ बहस चाँही ल्याएको छ । यो बहसले अन्तत गणतन्त्रलाई संस्थागत गर्ने कुरा, गणतन्त्रको मुल्यलाई स्थापित गर्ने कुरा, राजनीतिलाई स्थापित गर्ने कुरा नै यसले प्रमाणित गर्नेछ भन्ने हाम्रो विश्लेषण छ ।

९)ं एमालेले सुरु देखि नै निर्वाचन सक्रियता बढाएको हो । उसले निर्वाचनमा आफ्नो वचश्व कायम हुने भन्दै आएको पनि छ । त्यसै हुन लागेको हो ?
एमाले अहिले दक्षिणपन्थी अतिमा गएको छ । दक्षिणपन्थी अतिमा गएपछि संसारमा अहिले दक्षिणपन्थी अतितिर गएका मुलुकहरुमा अमेरिकामा जसरी डोनाल्ड ट्रम्पको दम्भ हेर्न सक्नुहुन्छ । त्यसैगरी मोदीको दम्भ पनि सबैले देखिरहेका छन । त्यस्तै एमाले र यसका नेता केपि ओलीको अति दक्षिणपन्थी दम्भ आएको छ । तर अहिले म के भन्न चाहन्छु भने चुनावमा माओवादी केन्द्र, काँग्रेस र एमालेको बीचमा तिब्र प्रतिस्पर्धा छ । यो तिब्र प्रतिस्पर्धाले एकल एमाले मात्र दौडमा होइन की तीन वटा सँगसँगै दौडमा छन । को फस्र्ट हुन्छ, को सेकेन्ड हुन्छ भन्ने कुरा अहिले भन्न सकिन्न । तर माओवादी अहिले सुदृढ भएको छ । किनकी माओवादीका मुद्धाहरु अहिले स्थापित छन । सिंहदरवारको अधिकार गाउँगाउँमा पु¥याउने जुन मेजर नारा हो । त्यो माओवादीको नारा हो । यसमा जनताको उल्लेखनीय सहभागिता छ । र, काँग्रेस र माओवादीको बीचमा सरकार छ । यी सबै आधारमा हेर्दा एमालले हामीले एकल दौडमा छौ भन्ने कुरा उहाँहरुको त्यो राजनीतिक दम्भ र घमण्ड हो । यस्तै राजनीतिक दम्भ र घमण्ड हुँदा ०७० मा हामी माओवादीको पनि त्यही हालत भएको थियो । त्यसकारण यो चाँही एमालेमा दोहोरिन सक्छ । त्यसकारण उहाँहरुले अति जो मुल्याङकन गर्नु भएको छ त्यो सही र यर्थात छैन ।

१०) नयाँ शक्तिले पनि आफुले चुनाव राम्रो परिणाम ल्याउने उद्घोष गरेको छ । उसले माओवादीलाई काम नलाग्ने झुण्ड भनेको छ नी ?

नयाँ शक्तिहरु सबै जो नेपालमा आएका छन । ती कुनै नयाँ शक्ति होइनन् । ती अनुहार नयाँ हुन सक्छन् । तर उनीहरु नयाँ विचारका शक्ति होइनन् । स्वयम बावुराम भटराइको पनि नयाँ शक्ति होइन । नयाँ शक्ति नाम राख्दैमा नयाँ शक्ति भइदैन । माओवादीलाई जो काम नलाग्ने झुण्ड भनिरहनु भएको छ यो अहिले सरकारको नेतृत्व कसले गरेको छ ? माओवादीले गरिरहेको छ । मधेशवादी दललाई राष्ट्रिय राजनीतिमा ल्याउनका निम्ती कसले मिहिनेत गरेको छ, माओवादी केन्द्रले गरेको छ । आदिवासी जनजातीलाई राष्ट्रिय मुलधारमा ल्याउन कसले मिहिनत गरिरहेको छ माओवादी केन्द्रले । एमालेलाई राजनीतिमा इंगेज गरिरहेको छ । सरकारको नेर्तत्व कसले गरिरहेको छ माओवादीले । यो संविधान निर्माण गर्नमा कसले भुमिका खेल्यो ? अहिले निर्वाचन सम्पन्न गर्नका निम्ती कसले भुमिका खेल्यो ? त्यसकारण माओवादी होल राष्ट्रिय राजनीतिको मुख्य केन्द्रमा र कमाण्डमा छ । के यो काम नलाग्ने झुण्ड हो भने यसको कमाण्डमा राजनीति आउन सक्थ्यो । र, अहिले नेपालको राजनीति हेर्ने हो भने राष्ट्रिय एकता कायम गर्न लागि पर्ने नेता कं प्रचण्ड मात्र भएको हुनाले आदिबासी, मधेशी, काँग्रेस, राप्रपा सबैसँग फेन्ड्ली रिलेसन छ । र, एमालेलाई पनि इंगेज गरेको छ । त्यसकारणले यो लेभलको नेतृत्व र यो लेभलको पार्टीको जो अवधारणा छ त्यसलाई काम नलाग्ने झुण्ड भन्ने कुरा हिजको तुष मात्र हो । यो राजनीति होइन यो तुष अभिब्यक्त हो । यो डकार मात्र हो ।
प्रस्तुती : रिसव गौतम/जर्नादन न्यापाने

प्रकाशित मिति २०७४-१-२२

फेसबुकबाट तपाईको प्रतिक्रिया