गरिमा विकास बैंकको अध्यक्षमा चन्द्रकान्त बराल

काठमाडौँ १५ भाद्र

गरिमा बिकास बैंकको सञ्चालक समितिको बैठकले बैंकको अध्यक्षमा चन्द्रकान्त बराललाई नियुक्त गरेको छ । बैंकको भदौ १३ गते बसेको  बैठकले बैंकका पुर्व अध्यक्ष दिलिप प्रताप खाँड र सञ्चालक हरिकुमार श्रेष्ठको राजिनामा  स्वीकृत गरेको छ ।

नेपाल राष्ट बैंकको पछिल्लो एकीकृत निर्देशन अनुसार निर्बाचित जनप्रतिनिधिहरु बैंकको बैंकको सञ्चालक बन्न नपाउने व्यवस्था गरेपछि दुवैले राजिनामा दिएका थिए । पुर्व अध्यक्ष दिलिप प्रताप खाँड स्याङजाको वालिङ नगरपालिकाबाट मेयर तथा सञ्चालक हरिकुमार श्रेष्ठ म्याग्दीको बेनी नगरपालिकाबाट मेयर पदमा निर्वाचित भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया