गाउँपालिकाका वडाध्यक्ष नै यौनगृह सञ्चालक

काठमाडौं, १० पुस  ।

महिला बेचविखनको आरोपमा प्रहरी हिरासतमा रहेका नुवाकोटस्थित दुप्चेश्वर गाउँपालिका १ का वडाध्यक्ष सुनबहादुर तामाङले भारतका विभिन्न चार स्थानमा कोठी यौनगृह सञ्चालन गरको तथ्य खुलेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोसिआईबीले तामाङलाई बुधबार अपराहन दुप्चेश्वर गाउँपालिका १ घ्याङफेदीस्थित वडा कार्यालयबाटै पक्राउ गरेको थियो ।

प्रहरीले पक्राउ गरेलगत्तै नुवाकोट दुप्चेश्वर गाउपालिका १ का तीनजना पीडित महिलाले तामाङविरुद्ध ुसिआईबीमा जाहेरी दिएका छन् ।

यी हुन तामाङले सञ्चालन गरेका यौनगृहहरु
प्रहरीका अनुसार तामाङले भारतका नयाँदिल्लस्थित
जेवी रोडको गल्ली नम्बर ६४, पुनास्थित सोना गार्छे, १५ कोलकाता र मुम्बाई गरी चार ठाउँमा कोठी सञ्चालन गरिरहेका छन् । आजको नयाँ पत्रिकामा खबर छापिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया