गुडविल फाइनान्सको १३ प्रतिशत लाभासं घोषणा

काठमाण्डौ २७ मंसिर २०७८

गुडविल फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। फाइनान्सको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७ र ७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुंजीको ९.१ प्रतिशतले हुन आउने ७ करोड ८९ लाख १५ हजार २ सय रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ३.९ प्रतिशतले हुन आउने ३ करोड ३८ लाख २० हजार ८ सय रुपैयाँ बराबरको नगद लाभांश गरि कुल १३ प्रतिशतले हुन आउने ११ करोड २७ लाख ३६ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ८६ करोड ७२ लाख रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया