गुडविल फाइनान्सको २ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन
काठमाडौं २८ फागुन।
आज बुधबारदेखि गुडविल फाइनान्स लिमिटेडको ऋणपत्र खुलेको छ । गुडविलले आज फागुन २८ गतेदेखि १२ प्रतिशत ब्याजदरमा रू. १ हजार अंकित दरको रू. २५ करोड बराबरको २ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गरेको हो ।
इक्रा नेपालले ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने ‘इक्राएनपी एल डबल बि ’ रेटिङ प्रदान गरेको छ ।
व्यक्तिगत तवरबाट रू. १५ करोड बराबरको १ लाख ५० हजार कित्ता ऋणपत्र गुडविलले विभिन्न संघ संस्थाहरुलाई विक्री गर्नेछ ,बाँकी रू. १ करोड बराबरको १ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासन मार्फत विक्री गर्नेछ ।
कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको जानकारी दिएको छ ।
यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । २०८३ मा परिपक्व हुने यस ऋणपत्रमा छिटोमा चैत २ गते तथा ढिलोमा चैत १२ गतेसम्म आबेदन दिन सकिनेछ ।
एनआईबिएल एस क्यापिटल लिमिटेड विक्री प्रबन्धक रहेको छ । ऋणपत्र आवेदकले खरिद आवेदन दिदाँ सि–आस्बा सेवामा सहभागि बैंक-वित्तीय संस्थाहरुबाट दिन सक्नेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया