गुडविल फाइनान्सले बुकक्लोज मिति तय गर्यो
काठमाडौँ १४ मंसिर
गुडविल फाइनान्सले साधारण सभाका लागि बुकक्लोज मिति तय गरेकोछ । पुस ७ गतेका कम्पनीले डाकेको साधारण सभाका लागि मंसिर २५ गतेदेखि सेयरधनी किताब बन्द गर्ने भएकोछ ।
मंसिर २४ गतेसम्म सेयरधनी कायम भएकाले फाइनान्सको लाभांश प्राप्त गर्न सक्नेछन । कम्पनीले साधारण सभामा गत आर्थिक बर्षको कमाईबाट सेयरधनीलाई १०.१९२ प्रतिशत बराबरको सात करोड ४० लाख रुपैयाँको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै बोनसमा लाग्ने कर प्रयोजनका लागि फाइनान्सले ०.५४ प्रतिशतले हुन आउने ३८ लाख ९४ हजार ७३६ रुपैयाँ नगद लाभांश समेत छुट्टाएको छ ।
सो बोनसपछि फाइनान्सको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ । चालु आवको प्रथम त्रैमासमा फाइनान्सले एक करोड २० लाख रूपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ६ रूपैयाँ ६५ पैसा कायम गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया