गुरुप्रसाद न्यौपानेको जनता बैंकको सेयर जफत हुने

काठमाडौं २३ भाद्र ।

राष्ट्र बैंकले जनता बैंकमा रहेको गुरुप्रसाद न्यौपानेको सेयर जफत गर्न निर्देशन दिएको छ ।  आफु बैंकको सञ्चालक रहेका बेला न्यौपानेले श्रीमतीका नाममा सेयर बजारबाट सेयर खरिद गरेको फेलापरेपछि उनको सेयर जफत गर्न जनता बैंकलाई राष्ट्र बैंकले निर्देशन दिएको हो ।

न्यौपानेकी श्रीमति सुमित्रादेवी न्यौपानको स्वामित्वमा रहेको सर्व साधारण समुहको ५२ हजार ४ सय ७० कित्ता सेयर जफत गर्न राष्ट्र बैंकले भदौ ११ गते जनता बैंकलाई पत्र लेखेको हो । सो सेयर वापत आउने बोनस तथा हकप्रद सेयर समेत जफत गर्न आदेश दिएको छ ।

न्यौपानेकी श्रीमतिका  कुल ८५ हजार कित्ता सेयर रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया