ग्लोबल आइएमइको वोनस पारित, को-को छानिए सञ्चालक ?

बिजनेसपाटी २१ चैत्र

दशौं बार्षिक साधारणसभाले ग्लोबल आइएमइ बैंकको १५.७६ प्रतिशत वोनस सेयर पारित गरेको छ। बैंकको चुक्ता पूँजी वोनस पारितपछि सात अर्ब २४ करोड रुपैयाँ नाघेको छ।
दशौं बार्षिक साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट चन्द्रप्रसाद ढकाल, सुहृदराज घिमिरे, पवनकुमार भिमसिरियालाई सञ्चालक समितिमा चयन गरेको छ। सर्वसाधारण समूहबाट सुमन पोखरेल, सुदर्शनकृष्ण श्रेष्ठ,  र सुरजकुमार श्रेष्ठलाई निर्विरोध चयन गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया