घुँडा दुखेर हैरान हुनुहुन्छ ? यसरी गर्नुस उपचार–डा महतो

डा चन्द्रदीप महतो  (MPT), रचना हार्डजोनी तथा नशा उपचार केन्द्र, लगनखेल 

घुँडा ‘मोडिफाइड हिन्ज भेराइटी अफ साइनोभिएल ज्वाइन्ट’ अन्र्तगत पर्दछ । अर्थात
१.) मुख्य त यो दुइ वटा हाडले बनेको हुन्छ । फिमर (तिघ्राको हाड ) र टिविया (खुट्टाको हाड)
२.) पटेल्ला (घुँडाको पाङग्रा) घुँडाको अगाडीतिर रहेको हुन्छ र यसले पटेल्लो फेमोरल (patellofemoral)  नामक जोर्नी बनाउँछ ।
३.) घुँडाको जोर्नी भित्र साइनोभिएल फ्लुइड नामक तरल पदार्थ हुन्छ, जसले हाड भित्रको घर्र्षनलाई कम गर्दछ । साथै जोर्नीलाई पोषण पनि प्रदान गर्दछ ।
४.) जेर्नी बनाउँन संग्लन रहेका हाडहरु, कुर्कुरे हाड (कार्टिलेज) ले छोपिएको हुन्छन, जसले हाडबीचको घर्षण कम गर्दछ र जोर्नीलाई लचिलो बनाउँदछ ।
५.) जोर्नी भित्र यस्ता अन्य धेरै बनावटहरु हुन्छन, जसले जोर्नी भित्र घर्षण कम गर्ने र जोर्नीलाई पोषण दिने काम गर्दछ । 1d

 

 

 

 

 

घुडा खिइनु
घुडा खिइनु एउटा प्राकृतिक प्रक्रिया हो । जुन विभिन्न कारणले गर्दा तिब्र हुन्छ र यसले विभिन्न किसिमका समस्याहरु निम्त्याउँछ ।

d2

 

 

 

 

 

घुडा खिइने कारणहरु

 अव्यवस्थीत खानपान

चोट पटक वा हड्डी भाँचिनु
पोषणयुक्त खानपानको अभाव
हड्डीको रोग

घुडा खिइने लक्ष्यणहरु
d3

 

 

 

 

 घुँडा दुख्नु
घुँडा सुन्निनु
घुँडा बाँङगो देखिनु
घुँडा मारेर वा खुम्च्याएर बस्न गार्ह्रो हुनु
भ्ुाइबाट उठन गार्ह्रो हुनु
सिँढी चढन गार्ह्रो हुनु आदि

घुँडा खिइनुको रोकथामको उपायहरु

पौष्टिक आहार खाने
घुँडालाई असर पर्ने क्रियाकलापहरु नगर्ने
घुँडा मारेर धेरै बेर नबस्ने
अनावश्यक रुपमा सिँढी तल माथी नगर्ने
घुँडालाई चोटपटक देखि जोगाउने
नियमित रुपमा ब्यायाम गर्ने । व्यायामहरु विभिन्न किसिमका हुन्छन, जसको नियमित अभ्यासले घुँडाका समस्या देखि बच्न सकिन्छ ।

 

घुडाँ खिइएकोमा उपचार

फिजियोथेरापी
औषधि सेवन
शल्यक्रिया

फिजियोथरापी
d4

 

 

 

 

 

हाडजोर्नीको समस्याको लागि फिजियोथरापी निकै नै प्रभावकारी र सायड इफेक्ट रहीत पद्धती हो । त्यसले गर्दा यस पद्धतीले आजको दिनमा निकै प्रख्याती पाएको छ । यस पद्धतीबाट घुँडाको उपचारलाई ३ भागमा विभाजन गर्न सकिन्छ ।

 एक्सरसाइज थेरापी
म्यानुअल थेरापी
इलेक्ट्रो थेरापी

एक्सरसाइज थेरापी
कसरतहरु पुर्णतया वैज्ञानीक पद्धतीले बनाइएका हुन्छन । जसले गर्दा समस्या अनुसारकै कसरत हुन्छ र यसको अभ्यास गर्नाले दुइ वटा फाइदा हुन्छन् ।
१) समस्या नहुने ब्यक्तिले गर्दा समस्या निम्तिन दिँदैन ।
२) समस्या भएको ब्यक्तिले गर्दा समस्याको सामाधान हुन्छ ।

म्यानुअल थेरापी
यस पद्धतीबाट कम समयमै दुखाइ कम गर्न सकिन्छ । कतिपय केसमा पेन किलर भन्दा यसले छिटो काम गर्दछ । साथै यसले हड्डी खिइने समस्यालाई पनि रोकथाम गर्दछ ।

इलेक्ट्रो थेरापी
यसमा विभिन्न उपकरणहरुको प्रयोग हुन्छ । जस्तै

 टेन्स थेरापी
अल्ट्रासाउण्ड थेरापी
मोवाइस्ट हिट
लेजर थेरापी आदि

यसका फाइदाहरु

 दुखाइ कम गर्ने
खुम्चिएका नशा, माशपेशी, लिगामेनट आदिलाई सोझो पार्ने ।
टिसु रिपेर गर्ने । आदि

औषधी

 कतिपय अवस्थामा औषधी सेवन गर्नुपर्ने हुन्छ ।
औषधीको सेवन मुख्यतया दुखाई कम गर्न, हड्डी तथा नशाा बलियो पार्न गरिन्छ ।

सर्जरी (शल्यक्रिया )
यदी घुँडा धेरै नै खिइसकेको छ र दुखाइ धेरै छ, साथै माथीका कुनै उपायहरुले रोगको रोकथाममा  काम गरिरहेको छैन भने अन्तिम उपायका रुपमा सर्जरी गरिन्छ ।

मुख्यतया गरिने सर्जरीहरुमा

 टोटल नि रिप्पेसमेन्ट (Total Knee Replacement)
परर्सियल नि रिप्लेसमेन्ट ( partial knee replacement)
आर्थोस्कोपिक सर्जरीे (arthroscopic surgery)
रिसर्फेसिगं (resurfacing) आदि ।

अपरेसनपछी फिजियोथेरापीको फाइदा
अपरेसन गरेपछी घुँडा वरिपरीका मासपेसीहरु कमजोर हुन्छन् । साथै घुँडा जाम हुने सम्भावना हुन्छ । तसर्थ अपरेसन गरेपछि फिजियोथेरापी गर्नु अनिवार्य जस्तो हुन जान्छ ।
रचना आर्युवेद तथा हाडजोर्नी नसा उपचार केन्द्रमा घुँडाको लागि विशेष उपचार एको हुदै आएको छ ।
यो सस्थाको मुल उदेश्य होलिष्टिक एप्रोचको माध्यमबाट रोगलाई जरै देखि निको पार्नु हो । यहाँ हामी आर्युवेद र फिजियोथेरापीको प्रयोग गर्दछौ । घुँडाको उपचारमा यस संस्थाले राम्रो सफलता पाएको छ ।

 प्रस्तुति रिसब गौतम 

फेसबुकबाट तपाईको प्रतिक्रिया