चन्दा मागेर कर असुल्दै सरकार !
काठमाडौं–१३ श्रावण
भूकम्पपीडितलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिएको आर्थिक सहयोग रकममा आयकर तिर्ने कि नतिर्ने भन्ने विवाद उत्पन्न भएको छ ।
मानवीय संकट उत्पन्न भएको भन्दै सरकारले अतिरिक्त सहयोग मागेकाले त्यस्तो रकममा कर छुट हुनुपर्ने दाबी करदाताले गरेका छन् ।
तर, तत्काल कार्यान्लयनमा रहेको आयकर ऐनले छुट नदिएको कारण तिर्नै पर्ने तर्क सरकारी अधिकारीले गरेपछि विवाद देखिएको हो ।
गत वर्षको विनाशकारी भूकम्पका कारण उत्पन्न मानवीय संकट टार्न भन्दै सरकारले निधि क्षेत्रका संघ, संस्था, निकाय र कम्पनीहरुसँग मागेको भन्दा र अनुदान रकममा आयकर तिर्न दबाब दिएपछि विवाद बढेको हो ।
तत्काल कार्यान्वयनमा रहेको आयकर ऐनको व्यवस्थाअनुसार १ लाख रुपैयाँभन्दा बढी चन्दा, दान वा उपहार दिनेले अनिवार्य रुपमा कर तिर्नु पर्ने व्यवस्थालाई टेकेर सरकारले कर असुल्ने प्रयत्न थालेपछि विवाद बढेको हो । आजको राजधानी दैनिकमा खबर छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया