चप्पल लगाएर राजनीति गर्न काठमाण्डौ छिरेका तिमीहरु घरशाहु कसरी भयौ ?
सुरेन्द्र ढकाल, बरिष्ठ समाजसेबी
कालो मनि, मसल अनि मेडियाको अन्धधुन्द प्रयोग गरेर तिमीहरुले चुनाव जित्यौ । एक्लै जनताको अगाडि जान डरायौ त्यसैले गठवन्धन वनायौ । राष्ट्रवादी र भ्रष्टाचार विरोधी सानादलहरुले चुनाव जित्लान अनि नेपालको राजनीतिमा आफनो एकाधिकार अन्त्य होला भनेर साना दलहरुको चुनाव चिन्ह खोस्यौ तिमीहरुले । अहिलेको राजनीतिको म्यूजिकल चेयरका खेलाडि तिमीहरु तल भनिएका कुनै पनि कामहरु गर्न सत्तैmनौ भन्ने कुरा त्यो घाम जत्तिकै छर्लंग छ ।
१) भारतले लगातार अनियन्त्रित तरिकाबाट नेपाली सीमा मिचेको छ । अन्तराष्ट्रिय कानून विपरित दशगजा क्षेत्रमा निर्माण कार्य संचालन गरी नेपाली भूमीलाई जलमग्न वनाएको छ । सीमा नाघेर वारी आई निर्दोष नेपाली जनतालाई मारेको छ । मातृभूमीको यत्रो वलत्कार हुदा तिमीहरु चु…. सम्म गर्देनौ भने तिमीहरु को हौ ? नेपाललाइ सिक्किम वनाउन राजनीति गरेको होइनौ भन्ने तिमीहरुसंग केही प्रमाण छ ? अन्तराष्ट्रिय कानून, नेपालको संविधान र २१औ शताब्दिमा उपनिवेष राख्न नपाउने अन्तराष्ट्रिय महासन्धी अनुरुप टिष्टा कागडा क्षेत्र नेपालको हो भन्ने आंट छ तिमीहरुसंग ? छ भने मदन भण्डारी जस्तो वोलेर देखाओ होइन भने अव तिमीहरुको चिहान हामी खन्छौ । तयार भएर वस तिमीहरु विरुध्दको युध्द जारी छ ।
२) तिमीहरु हिजो चप्पल लगाएर भिखारी पाराले काठमाण्डौ छिरेका हौ । तिमीहरुको आर्थिक हैसियत कस्तो थियो त्यस्को नालीवेली हामीले राखेका छौ । कमिसनखोर र भ्रष्ट राजनीति गरेर तिमीहरुले काठमाण्डौमा अरवौको सम्पत्ती जोडेका छौ । त्यस्को पनि हामीसंग राम्रो लेखा जोखा छ । हिजो इराकमा १० जना नेपाली मारिदा म्यान पावरकंपनीका हेड क्वाटर ध्वस्त भएका थिए । सम्पत्तीको श्रोत देखाउन सकेनौ भने अव जनताले ध्वस्त गर्ने भनेको तिमीहरुको सम्पत्ती हो । यो पनि जानी राख्दा राम्रो होला । तिमीहरुको प्रयास काला धनलाई सेतो वनाउने हुनेछ । चोरको खुट्टा काट भन्दा तिमीहरु आफनो खुट्टा थुतिरहेको नेपाली जनता सधै टुलुटुलु हेरेर वस्ने छैनन । संविधान सगै राजनीतिक मुध्दाले निकाश पाएको छ अव लडने वनेको तिमीहरुले गरिराखेको भ्रष्टाचारको विरुध्द हो ।
३) विना राष्ट्रघातको अन्त्य, विना भ्रष्टाचारको अन्त्य, विना सुशासन देशको आर्थिक विकाशले छलाग मार्न सक्दैन भन्ने कुरा मेलम्ची आयोजना सकिन २५ वर्ष लागेको तथ्यले उजागर गरेको छ । तिमीहरु कति असक्षम छौ भन्ने ज्वलन्त उदारहण पनि हो मेलम्ची । कमिशन खोरमा पल्केर धन कमाउन सिपालु भएका तिमीहरुले चुनाव ताका जनता समक्ष हावाका सपनाहरु वाढेका छौ अव त्यसलाई यर्थाथमा वदल्न तिमीहरुको वुताले भ्याउदैन, अनि भनेको तिमीहरुले आफुलाई जनताको अगाडि चरिनंगा वनेर देखाउने हो । त्यसवेला त्यो नांगो शरिरमा कोर्रा वर्साउन हामीले आफु र नेपाली जनतालाई तिखारदैछौ । तयार हुनु अव अन्तिम लडाइको लागि ।
४) विकाश त्यहा हुन्छ जहा राम्रा मान्छे हाम्रा हुन्छन । तिमीहरु त हाम्रा मान्छे राम्रा हुने कुरामा विश्वाश गर्छौ । समानुपातिकमा आफ्नै श्वास्नी, साली, बुहारीहरुलाई सांसद वनाएको नेपाली जनताहरुले देखी राखेका छन । अव मंत्रि पनि तिनै वन्ने हुन जो संग काम गर्ने अनुभव, दक्षता र सीपको खडेरी छ । यो जहानिया गणतन्त्र कुनै दिन जहानिया शाहीतन्त्र भन्दा झनै खतरनाक रहेछ भनेर जव नेपाली जनताले वुझने छन त्यतिखेर दक्षिण तिर भागेर ज्यू, ज्यान अनि सम्पत्ती जोगाउन सम्म सक्नेछैनौ तिमीहरुले ।
होस गर तिमीहरुको चिहान खन्न हामी फेरी उठदैछौं । हाम्रो अन्तिम युध्द जारी छ । चौथो क्रान्ती सम्पन्न हुदा तिमीहरुको चिहानको वास हुनेछ ।
प्रस्तुत विचार लेखकका नीजि हुन्–स
प्रकाशित मिति २०७४-११-२१
फेसबुकबाट तपाईको प्रतिक्रिया