चितवनमा स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न, ५ हजार बढीले गरे अवलोकन

काठमाडौं १७ जेठ २०७९।बागमती प्रदेशको चितवनमा स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न भएको छ । लिभिङ विथ आइसिटीको आयोजनामा जेठ १६ गते सोमबार चितवन मिडटाउन रिसोर्ट सीएमटीमा आयोजना भएको स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न भएको हो ।दिउँसो १२ बजेदेखि सुरू भएको फेस्टमा बागमती प्रदेशका प्रविधि तथा नवप्रवर्तनको सोच लिएर काम गरिरहेका विभिन्न ३५ स्टार्टअप तथा विद्यार्थीका आईडिया सहभागी भएका थिए ।उक्त समयमा ‍एक्सपेरियन्स शेयरिङ तथा मेन्टरिङ सेसन र आईडिया पिचिङ सेसन पनि आयोजना भएको थियो । कार्यक्रम ५ हजार भन्दा धेरैले अवलोकन गरेका छन् ।

आईडिया पिचिङ सेसनमा २५ बढी स्टार्टअपहरूले आफ्नो आईडिया प्रस्तुत गरेका छन् ।प्रस्तुत गरेका आईडियाहरुमध्येबाट उत्कृष्ट ७ स्टार्टअप तथा आईडिया इन्क्युबेसनका लागि छनोट भएका छन् । छनोट हुने ७ स्टार्टअप तथा आईडियामा ई(मेड, कर्मदाता, नो ह्यासल ट्राभलर, नेपाल स्टिम एलायन्स प्रालि, एकेडेमी अफ मेडिकल एण्ड इन्जिनियरिङ साइन्सेस, उबन्टु डीडीई र नलेज एक्सडेन्ज रहेका छन् । त्यस्तै फेस्टबाट उत्कृष्ट स्टार्टअपको रूपमा नलेज एक्सचेन्ज प्रालि छनोट भएको छ ।गत चैत १८ गते गण्डकी प्रदेशको पोखराबाट सुरू भएको स्टार्टअप एण्ड आईडिया फेस्ट बागमती प्रदेशको चितवनमा आएर उत्साहजनक सहभागीताका साथ समापन भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया