चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई महराले दिए नेपाल भ्रमणको निम्तो
काठमाडौं ३२ साउन।
बेइजिङ पुगेका उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ समकक्षी वाङ यीसँग भेट गरेका छन् । आज मंगलबार भएको भेटमा नेपाल-चीन सम्वन्धबारे दुइ समकक्षीबीच कुराकानी भएको छ ।
भेटमा प्रधानमन्त्रीको विशेष दूत भएर चिन गएका महराले चीनसँग भएको सम्झौता र सहमतिलाई नयाँ सरकारले कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
महराले राष्ट्रपति विद्या भण्डारीले चिनियाँ समकक्षी सी जिनपिङ र प्रधानमन्त्री प्रचण्डले आफ्नो समकक्षी ली खछ्याङलाई नेपाल भ्रमणका लागि पठाएको निम्तो पत्र हस्तान्तरण गरेका छन् । सो भेटमा चिनियाँ विदेशमन्त्रीले सरकार परिर्वतन नेपालको आन्तरिक मामिला भएको समेत बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया