चीनप्रति नरम नबन्ने बाइडेनको संकेत
एजेन्सी २२, जेठ २०७८
अमेरिकी राष्ट्रपति जो बाइडेनले दर्जनौँ चिनियाँ प्रविधि तथा रक्षा कम्पनीलाई सैन्य सम्बन्ध र लगानी विस्तार गर्नमा रोक लगाइएको घोषणा गरेका छन् । बाइडेन प्रशासनले लिएको पछिल्लो कदमले उनी चीनप्रति नरम बन्नसक्ने अनुमानलाई खारेज गरिदिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
बाइडेनले गरेको पछिल्लो निर्देशनको उद्देश्य अघिल्लो वर्ष आफ्ना पूर्ववर्ती डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका चीनसम्बन्धी निर्णयलाई सुदृढ पार्ने खालको छ ।
चिनियाँ कम्पनीको सुरक्षा र निगरानीमा जोडिएका प्राविधिक फर्म तथा कम्पनीको लगानीमाथिको नियन्त्रणलाई सुदृढ पार्दै आफ्नो मुलुकको सुरक्षालाई अघि बढाउने उद्देश्य बाइडेनले लिएका छन् ।
संशोधित सूचीमा वाशिङ्टनले धार्मिक र जातीय अल्पसंख्यकको निगरानी वा दमन र गम्भीर मानव अधिकार उल्लङ्घनमा योगदान पुर्याउने कम्पनी समावेश गरिएको उल्लेख छ । विस्तारित सूचीमा अमेरिकी प्रविधि र लगानीमा पहुँच सीमित गरेको दावी गरिएका धेरै कम्पनी पहिले नै अमेरिकी रक्षा मन्त्रालयको कालोसूचीमा थिए ।
चिनियाँ प्राविधि कम्पनी हुवावे, नेशनल अफसोर आयल कम्पनीलगायतका ३१ कम्पनीको प्रतिबन्धलाई अमेरिकाले ५९ पुर्याएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया