चुचुरो चुम्न हाम्रा पाइलाहरु फेरी अघि बढाऔं !

–टंकनाथ पौडेल

धेरै वर्ष अघिको कुरा हो, म सानो थिएँ । एकदिन बहिदारको घरमा पण्डीतबाँहरु मुखिया र जीम्दारवालाबाँहरु र अरु पनि धेरै मानिसको जमघट रहेछ । म पनि छेउमा गएर बसेर कुरा सुन्ने कोशिस गरे । पण्डीतबाँहरुले काँग्रेसको कुरा उठाउनु भयो । मुखियाबाँहरुले प्रजा परिषद भनेर कुरा उठाए । धेरै बहस चल्यो, राम्रो–नराम्रो भन्ने तर्क वितर्कका कुरा चले । त्यहाँ हसियाँ हथाँैडाका कुरा पनि निस्क्यो । तर, मुखियाबाँहरुले ठाडो इन्कार गरेर भने त्यो कम्युनिष्ट हामीलाई चाहिँदैन । हसिया हथौडाको कुरै नगरौं भने । धेरै समयको बहसपछि सबै उठेर हिडे । म पनि घर आए । वाँहरु सँग प्रश्नोत्तर गर्ने क्षमता म सँग थिएन तर मेरो मनमा यो कम्युनिष्टहरु भन्ने के रहेछ जवकी कुरा गर्ने नचाहने भनेर खुल्दुली चली रह्यो । मेरो खुल्दली मेटाउने मान्छे त्यहाँ कोहीपनि थिएन ।
समयको अन्तराल सँगसँगै म पनि केटो बाट ठीटो हुँदै थिए । सदरमुकाममा साप्ताहिक हाट लाग्दथ्यो । हेर्ने इच्छा राखेर म पनि सदरमुकाम गएँ । घुमघाम गरियो । एतीकैमा यौटा घरमा विस पच्चिस जना साधारण मान्छेहरुको उपस्थितिमा प्रशिक्षण जस्तो चलेको रहेछ । प्रशिक्षकको रुपमा एकजना कोट लगाएका अग्ला मिठो नरम बोल्ने भलाद्मी मान्छे र अर्का प्रखर बक्ता देखिने बोलक्कड युवा रहेछन् । म पनि भित्र पसेर छेउको ब्यञ्चमा बसें र लगभग एक घण्टा प्रशिक्षण सुने । मैले सवै त बुझिन । तर माक्र्सवाद भनेको गरिबहरुको हीत गर्ने सिद्धान्त हो, यसमा सँगठीत हुनु पर्ने र हसियाँ हथौडा भनेको यसको झण्डा हो भन्ने बुझे । नौलो देखेर होला ती दुवै प्रशिक्षक मेरो छेउमा आएर परिचय लिएर यता आएको समयमा हामी सँग सम्पर्क गर्नु भने त्यसपश्चात म हिंडे । मलाई पछि मात्र थाहा भयो ति मान्छे रहेछन् बासुदेव श्रेष्ठ र नारायण बाबु श्रेष्ठ । त्यसपछि हाटजाने निहुँ बनाउँदै पटक पटक जाने गरे । मैले उनीहरुसँग फीर्ता गर्ने शर्तमा केहि किताबहरु पनि लान थाले । यसरी मेरो माक्र्सवादी अध्ययन शुरु भयो ।
समयको विभिन्न मोड र घुम्तीहरुलाई मैले पारगर्दै लगें । नीर्दलय ब्यवस्था शुरु भैसकेको थियो । दलहरु सबै आ–आफ्नो डम्फु लुकाउन कुनाकुनामा पसिसकेका थिए । नीर्दलको दलका डम्फुहरु सहर भित्रका साना डवली देखि गाउँका बुइँगेल र भीरका वडार सम्म पुगेका थिए । दलको डम्फु बजाउन मन लाग्यो भने तिनै ठाउँहरु खोज्दै जानु पर्दथ्र्यो र राती नै पुग्ने र राती नै डम्फु बजाउने र राती नै हिंड्ने गर्नु पर्दथ्र्यो । तरपनि गाउँ गाउँमा संगठन बनाउन जरुरी थियो ।
मेरा दुईजना बाल सखाहरु कामको खोजीमा पश्चिम बंगालतिर गएका थिए । त्यहाँ उनीहरुले माक्र्सवाद अध्ययन गर्ने मौका पाएछन् । उनीहरु समेत घर आएको बेला राम्रो छलफल चलायौं र एकजना हामीभन्दा बुढा किसान समेतको चारजनाको कमिटी बनाउने नीधो ग¥यौं र रातको समय तोक्यौं । पानी परिरहेको अधेँरी रात थियो । लायट बाल्ने अनुमति थिएन् । लट्ठीले छाम्दै करिब आधा घण्टा लगाएर गन्तब्यमा पुग्यौं । धेरै बेर छलफल गरेर चारजनाको माइनट साथ कमिटी गठन ग¥यौं । त्यो रात हाम्रो गाउँको कम्युनिष्ट पार्टी गठन गरेको पहिलो रात थियो । आफ्नै इच्छा र उत्साहमा यो माइनेटमा यस्तो प्रतिज्ञा संकल्प समेत गरेका थियौ की हामीले आजबाट माक्र्सवादी पथ प्रदर्शक सिद्धान्त अङ्गिकार गरेका थियौं । हामीमध्ये कोहि मेरे पनि बाच्नेले यो सिद्धान्त बचाउन विचलित हुने छैनौं भनी प्रतिज्ञा गरेका थियौं । हामी यो कमिटीको गोप्यता बाहिर लाने छैनांै भनी र कसैबाट मर्नु परेपनि हाँसी हाँसी मृत्युलाई वरण गर्ने छौं भनिएको थियो ।
हाम्रा उद्देश्यहरु अदम्य साहसले भरिएका थिए । यो देशलाई आत्मनिर्भर बनाउने । यहाँका जनताहरुलाई कसैको आसा र भरोसामा बाँच्न नपरोस् । समान श्रम, समान उत्पादन, समान उपभोग, समान शिक्षा, समान स्वास्थ्य हुनु पर्दछ भन्ने विचार राख्दथ्यौं । त्यस्तै गरेर योग्यता र सामाजिक कामले नेतृत्व छनौट हुनु पर्ने र कसैको अनुदान र ऋणले दासत्व स्विकार नगर्ने र दासत्वबाट मुक्त समाज निर्माण गर्ने आदि राखिएका थिए । तर हामीलाई यो कुरापनि थाहा थियो की सामान्तवादी राज्य सत्तामा जकडिकएको पुँजीवादी साम्राज्यवादीहरुको पन्जामा उभिएको यो देश मुक्त गर्न त्यति सहज छैन । तर पनि यो देशको अस्तित्व कायम गर्न र जहाँका जनताको स्वाभिमानको निम्ति मुर्खबुडाले ठूलो पहाड सम्याउन खोजे झैं हामी पनि लाग्ने अठोट ग¥यौं ।
हामीलाई थाहा थियो कि यो परिवर्तनको निम्ति हामीले वडावडा पहाड चढ्न सक्नु पर्नेछ, विसाल हीमालहरु छेड्न सक्नु पर्नेछ, हरेक खोला, नदी, ताल तलैया पार गर्न सक्नु पर्नेछ । थाहा छैन अनकन्टार जङ्गलहरुमा मैदलका काडाहरुले घोच्ने छन् । हिंस्रक जनावरहरुले आक्रमण गर्ने छन् । यसको समयावधि निश्चित हुने छैन, पुस्तौं पुस्ता पनि लाग्न सक्नेछ । तर पनि आँट गर्ने सोच बनायौं, बाचे तन सँगै मरे मन भन्ने दृष्टिकोण राख्यौं । हामी लाग्यौं लम्बे अभियानमा साथीहरु तयार गर्न । रात भनेनौं, दिन भनेनौं, ब्यवहार–खेतीपाती भनेनौं । त्यतिमात्र होइन जागिर छोड्यौं के मात्र छाडेनौं हामीले । साथीभाइहरु जमातका जमात निर्माण ग¥यौं । गाउँ शहरमा त हामीलाई समय नै लागेन । वडावडा नीर्दलीय नरसिंहहरुलाई सहजै पछा¥यौं । हाम्रा समर्थकहरुलाई अगाडि बढाउँदै गयौं । दशौं हजार शुभेच्छुक र कार्यकर्तालाई तामाकोसी बगरमा खाना खुवाएर सुताउने ग¥यौं । जे हामीले ग¥यौं त्यो कुरा आम जनता र इतिहास साक्षी छ । त्यतिमात्र होइन जिल्ला जिल्लाबाट सहभागिता जुटाउँदै राष्ट्रिय स्तरको लामबद्ध कार्यशाला नराएर यौटा निश्चित बाटो तय गरेर धेरै हिडिसकेका थियौं ।
दुर्भाग्य भन्नु पर्छ, विशाल पहाड इच्छा न नकट्दै हावा हुरी चल्यो, असिना पानी प¥र्यो । नारायणकाजी खोलामा ठूलो बाढी आयो । सबैसाथीहरुलाई धैर्य गराउँदै बाडीमा नपस्न आग्रह गरियो । तर साथीहरुले ठूला माछा खाने लोभमा हामफाले र बाढीले वगायो । बचाउन खुवै कोशिस गरियो, तान्न भए भरको बल लगाइयो तर सकिएन । डीलबाट हेरिरहे । साथीहरुलाई उफार्दै भुन्ट्याउँदै छाँगाबाट खसाई छाड्यो र प्रचण्ड दहमा लगेर जाक्यो ।
प्रचण्ड दहपनि त्यति मजबुत कहाँ थियो र ? नारायण काजी खोला को वेग थाम्न नसकेर लावा क्षेत्रको हिमताल फुटेझैं फुट्यो । छता छुल्ल भयो । तालको पानीले झन वेगसँग बगाएर लग्यो डुबाउँदै तैराउँदै उर्फार्दै । सबै साथीहरुलाई एकैचोटी ओली नदीमा लगेर मिस्यो । केहि साथीहरु उछिट्याएर पाखामा पछारिएरको देखिन्छन् । तर उनीहरु बेहोस छन्, होसमा आएर काम गर्लान जस्तो देखिंदैन । अब आशा रहेन साथीहरु ओली नदीबाट उछुट्याएर भेट्न आउँलान भनेर । उनीहरु बुढा भैंसी सुनकोसीमा बगेझै बगिसके । अब विशाल पहाड चड्ने हीम्मत उनीहरुसँग हुनै सक्तैन । उनीहरु त केवल ठूला माछा समाउनेहरुको पछि लागेर आफूले ठूलामाछा समाउन नसके पनि पछि पछिको माछाको पुच्छर हुँदै पुच्छर त मैले समातेको होनी भनेर पुच्छर भाग मात्र भएपनि खानपाइन्छ कि भनेर दौडीरहेका छन् । यो चर्तीकला देखिसकेपछि डिलमा उभिरहेको म निरस हुन्छु, माया मार्छु, सुस्केरा हाल्छु, भैंमा थचक्क बस्छु । चीटचीट् पसिना बग्छ, मनमनै सम्झन्छु यौटा गीत ।
सबै हिड्ने साथी छुट्डा ….मन धेरै रुन्छ । लक्ष्य लिई अघि बढे …….. अझ भेट हुन्छ । धैर्य गर्छु, पसिना पुच्छु र उठेर हिड्छु, खोला पैरोबाट ध्वस्त भएको पुरानो बाटोलाई छाडी दिन्छु, नयाँ बाटो को खोजी गर्दै अगाडी बढ्छु । जति माथी पुग्छु त्यति एकपछि दुई, दुई पछि चार, चार पछि आठ गर्दै मजस्तै नयाँ बाटोको खोजी गर्ने साथीहरु फेला पार्दछु र फेरी शुन्यताबाट पाइलाहरु अगाडी बढिरहेका हुन्छन् ।

प्रकासित मिति २०७७–६–१

फेसबुकबाट तपाईको प्रतिक्रिया