चेम्बर अफ कर्मसका पदाधिकारी र विभिन्न पार्टीका महिला नेतृबिच भेटवार्ता

बिजनेसपाटी २८ चैत्र ।

चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेश काजी श्रेष्ठले कृषि हर्बल र पर्यटनमा महिलाको सहभागिता बढाउन मोफसलमा समेत कार्य गर्न चेम्बर लागेको बताउनुभएको छ । चेम्बर अफ कमर्शमा आज भएको विभिन्न पार्टीका नेतृसँगको भेटघाट कार्यक्रममा उहाँले महिलाको आर्थिक क्षेत्रमा सहभागिता बढेको देखाउन अन्तराष्ट्यि महिला एक्स्पो गर्न लागको जानकारी दिनुभयो । आर्थिक कार्यमा महिला सहभागिता बढाउन अचार र रोटी बनाउने र बिक्रि गर्ने कार्य मात्र नभई उत्पादनमुलुक क्षेत्रमा महिला आफै अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । व्यापारको लागि चाइनाले सहयोग गर्ने प्रतिबद्धता जनाएकाले
अन्तराष्ट्यि क्षेत्रमा महिलाको आर्थिक उत्पादन पुर्याउन सहज हुने बताउनुभयो । उहाले महिलाले श्रीमानको पछि लाग्ने मात्र नभई आर्थिक क्षेत्रमा अघि बढी श्रीमानलाई पछि लगाउन सक्ने बन्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले महिलाले अधिकार खोजेपनि उत्तरदायित्व बहन गर्न नसकेकोले समस्या देखिएको बताउनुभयो । उहाँले कुनै
पनि जिल्लामा उद्यमी महिला भए स्थान दिएर उचाई दिएर अघि बढाउँदै प्रडक्ट क्याटलकका लागि नेपाल महिला चेम्बर तयार रहेकाले
हामीलाई सम्पर्क राख्न विभिन्न पार्टीका महिला नेतृलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागि विभिन्न पार्टी र विभिन्न जिल्लाका महिलाहरुले महिलाहरुको आर्थिक शसक्तिकरणका लागि नेपाल चेम्बर अफ कर्मशले के गरिराखेको छ भनी प्रश्न राखेका थिए । चेम्बर अफ कर्मशको कार्यालयमा आज भएको कार्यक्रममा उनिहरुले राजनितिक मुद्दा सकिएर आर्थिक वृद्धिका लागि अघि बढेको बेला उत्पादनमुलक क्षेत्रमा महिलाको सहभागिता कसरी बढाउने योजना रहेको छ भन्दै प्रश्न तेर्साएका छन् । जग्गा जमिन पुरुषको नाममा हँुदा महिलाले बैंकबाट ऋण लिन श्रीमानको पिछा नगरी नहुने भएकाले आर्थिक कार्यमा महिलाको सहभागिता कसरी बढाउन चेम्बर लाग्छ त भन्ने प्रश्न उनिहरुको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया