चोरी गर्न पेरुबाट ब्राजिल–तान्जेनिया हुँदै नेपाल

काठमाडौं–२८ असार
विभिन्न देशका अन्तर्राष्ट्रिय विमानस्थलमा चोरी गर्दै हिाड्ने पेरुका तीन युवक काठमाडौंमा पक्राउ परेका छन् । काठमाडौं विमानस्थलमा पनि दुई लाख भारु चोरी गरेका उनीहरू आइतबार पक्राउ परेका हुन् । पक्राउ पर्नेमा जेभियर सेमिनारियो, अलिपियो ओरोग्पिना र लुइस बेगा छन् । chor

पेरुका चोरहरूले गत शनिबार दिउासो भारतीय नागरिक सुनन्दा अंकिताको झोलाबाट दुई लाख भारु चोरी गरेका थिए । अंकिताले आफ्नो झोला भुइामा राखेर काउन्टरमा फर्म भर्न लागेका वेला उनीहरूले चोरी गरेका हुन् । ‘उनीहरू पेसेवर चोर रहेछन्,’ विमानस्थल प्रहरी प्रमुख डिआइजी गोविन्द निरौलाले भने, ‘चोरी गर्नकै लागि उनीहरू नेपाल आएको देखिन्छ ।’

उनीहरू पेरुबाट ब्राजिल, तान्जेनिया हुँदै नेपाल आएका थिए । अरू देशका विमानस्थलमा पनि उनीहरूले चोरी गरेको हुन सक्ने प्रहरीको अनुमान छ । दुईवटा स्कुटर भाडामा लिएर उनीहरू चोरी गर्न हिाडेका थिए । उनीहरूबाट प्रहरीले करिब ६ हजार अमेरिकी डलर पनि बरामद गरेको छ ।

सोमबार उनीहरू नेपालबाट इन्डोनेसियाको जाकर्ता जाने तयारीमा थिए । घुम्न नभई चोरी गर्नकै लागि उनीहरू नेपाल आएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

शुक्रबार नेपाल आएका उनीहरू चोरी गर्न शनिबार अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । विमानस्थलमा रेकी गरेपछि उनीहरूले चोरी गरेका हुन् । ‘एकजनाले छेक्ने, अर्काले रेकी गर्ने र अर्काले चोरी गर्ने रहेछन्,’ डिआइजी निरौलाले भने, ‘आइतबार पनि उनीहरू चोरी गर्न विमानस्थल पुगेका रहेछन्, त्यही वेला हामीले पक्राउ गरेका हौा ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया