‘छाडा गीतहरुको आगमनले तीजको मौलिकता हराउन थालेको छ’
गायत्री थापा–गितकार एवं लोक गायिका
तीज आउने वित्तिकै तपाईको व्यस्तता बढ्छ । यस पटक के कस्तो गीत बजारमा ल्याउनु भएको छ?
तीज आउन बाँकी नै छ । यस वर्ष २ ओटा एल्वम निकालेकी छु । एउटा ‘अब होला केही’ र अर्को सुतेर खाउली, उठेर नचौली’ मेरै शब्य, लगानी ल्याएकी हूँ । अघिल्ला बर्षहरुमा २०–२५ ओटा एल्वम अरुले नै गर्थे मेरै शिवदर्शन प्रालिबाट । यसवर्ष चाँही आफ्नै गीतहरु मात्रै गरेकी छु । कोरोना कारण दुइै वर्ष भयो गित रेर्कडिङ गराउने कामहरु कम छ । यो व्यवसाय घाटा छ । अहिले ‘वान वे’ जस्तो भइरहेको छ ।
तीजको गीतमा तपाईको लोकप्रियका ज्यादा छ । तपाईको चर्चित तीज गीतहरु बारे केहि बताइदिनुहोस न ।
मेरो पहिलाको मौलिक गितहरु ‘कुहिरोले छेक्यो’ भन्ने मेरो गिती एल्वमहरु ३० ओटा जति छन् । २०६७ सालबाट मैले गाउँन थालेको हुँ । मेरा धेरै मौलिक गीतहरु छन् । वर माग्छु शिवजी, ‘सुनको चुरा औठी नै सुनकै छ, माया जालमा पर्यौं कि दिनरात झझल्को उनकै छ भन्नेले मलाई वढी बजारमा चिनायो । नेपालमा धेरैले ती गितहरु सुनेका छन् ।
तीज आउदै गर्दा उत्श्रीङखल गीतहरु पनि बढ्न थालेका छन् । तपाई के भन्नु हुन्छ ?
छाडापन खालका गीतहरु आएको हो । जस्तो केटाहहरुले तीजका गितहरु गाइरहेका छन् अहिले । त्यो पनि छाडा खालका । तीज भनेको हिन्दु
नारीहरुको महान चार्डलाई लक्षित गरेर दुःख सुखका हरेक कुराहरु, महिलाका
वेदनाहरु प्रष्फुटन हुनुपर्ने हो ।
तीज अहिले फेसन जस्तो भएको छ । रितिरिवाज, परम्परा भन्दा पनि अहिले मौलिकता हराउँदै गएको देखिन्छ नी ?
अलिक उत्श्रीङखल, छाडा गितहरु निकालेर यसको मौलिकता माथि आँच पुर्याउने कामहरु भइरहेका छन् । छिटो भाइरल हुन,े चिनिने दौडमा मान्छे लाग्या छन् । त्यो राम्रो होइन ।
त्यसकारण मौलिकता चाँही वास्तवमा हराउँदै गएको हो । म चाँही अलिकता मौलिकता झल्कियोस, अलिकता सन्देशमुलक होस् भनेर लागको छु । मेरा त्यस्तै छन् गीतहरु । जस्तो तीज भनेपछि शिवजीलाई मान्छौं हामी । हिन्दु नारीहरु साउन महिनाभर व्रत वसेर त्यहि सम्बन्धि जित ल्याउने गरेको छु । तपाइले सन्नुहोस मेरो गीतहरुमा मौलिकता
हराएको छैनन । तर अरुको गित सुन्दा, हेर्दा रत्यौली खालका छन् ।
यसपाली तीजलाई कसरी मनाउने योजना बनाउनु भएको छ त ? दिदि वहिनीहरुलाई के भन्नु हुन्छ ?
कोरोनाले गर्दा धेरै मान्छे जम्मा हुने अवस्था छैन । जोखिम छ । जहाँ बस्छौ खुशीले बस्ने, भगवानको आस्था
राख्ने हो । नाच्ने, गाउँने, मान्छे भेला भएर बस्ने अवस्था छैन । जे होस् घरमै बसेर
परिवारमा गीत–संगीत सुनेर रमाईलो गरी मनाउनु पर्छ । म पनि त्यही गर्छु र त्यही गर्नुस् भन्न चाहन्छु ।
तपाईले लोकगायन र गीतकारको रुपमा जुन सफलता पाउनु भयो । त्यसको श्रेय के हो । अलिकति तपाइको संर्धष पनि बताई दिनुहोस न ?
मलाई सांगितीक क्षेत्रमा अरुले त्यस्तो सर्पोट गरेर, हौसला दिएर अघि बढेको होइन । म आफैले संर्घष गरेर हो । म आउन त १४ वर्षको उमेरमा नै काठमाण्डौ आएको हो । १२–१३ वर्ष
देखि छु । यसमा सफलै भएकी छु । म जुन काम गर्छु निरन्तर गर्छु । मनबाटै काम गर्ने बानी छ । लागेको काम छोड्न हुँदैन भन्ने मलाई लाग्छ । म शिवजीको
आराधना गर्छु । भगवान भक्त भएकोले पनि काममा लगाव छ । सफल छु ।
तपाईका गीति रचनाहरु झनै वेजोड छन् । के कुराले प्रभावित भए लेख्न थाल्नु भयो ?
सुरुमा गीतहरु लेख्दा आधुनिक गीतहरु लेखें । गुनगुनाएर लेख्थे । त्यसरी लेख्दा लेख्दै भजनको गीत लेख्न थाले । पहिला सुरुमै भजनका गीत लेख्न थाले । गाउने, लेख्ने, नाच्ने त सानै उमेर देखि नै गरेकी हुँ । विवाह, पुजापाठमा मेरो खाजी नै हुन्थ्यो । गाउन चाँही अहिले मेरो साधना धेरै नै घटेको छ । त्यति खेर जोसिलो उमेर, गाउन–नाच्न आउने । बीचमा वच्चावच्ची भए । अलिकति ग्याप भयो । मैले जिरो लेवलबाट काम सुरु
गरेको हो । जे होस भगवानको आर्शिवादले नै म सफल भएँ । त्यसपछी अब भने कला लुकाउनु हुँदैन भन्ने हिसावले मैले यस क्षेत्रमा लागि रहेको छु । सुरुमा पनि सर्पोट थिएन । यस क्षेत्रमा लाग्दा सुरुमा आधुनिक गितहरु चल्यो । सुरुमा ‘फुल जस्तो मन हुँदा धेरै धोका पाइछु त्यसैले ढुङगा जस्तो मन बनाउन चाहिछु’ भन्ने मेरो गीतमा अञ्जु पन्तको स्वर थियो । राजकुमार दाइको कम्पोज र मेरो शब्द हो । त्यो गित अब फेरी रि पनि गाउँछु ।
मैले दर्जनौ आधुनिक लेखेको छु आधुनिक र पप गीतहरु । मेरो गित नरेन्द्र प्यासी लगायत थुप्रैले गाउँनु भएको छ ।
भारतको सञ्जिवनीले मेरो ३–४ वटा गित गायकी छिन् । शिव परियार, प्रमोद खरेल, अञ्जु पन्त, मेलिना राइ लगायत दर्जनौले
मेरो आधुनिक गितहरु गायका छन् । लोक गितमा त मेरो गित सबै ख्याती प्राप्त लोक गायक–गायिकाले मेरो गित गायका छन् । मेरो धेरै त आधुनिक गितै छ
। एउटा पशुपती शर्माले गाउँनु भएको छैन । तीजको गीत त मेरो सबैले गाएका छन् ।
अन्त्यमा,संगित क्षेत्रमा लागेर के कस्ता पुरस्कार तथा सम्मान पाउनु भएको छ ?
गितकार समाजबाट, विभिन्न सघ संस्थाहरुबाट सम्मानहरु, धेरै अवार्ड, सम्मान पाएकी छु । राष्ट्रपतीबाट पनि जनसेवा सम्मान पाएकी छु । त्यो भन्दा बढी दर्शक, श्रोताहरुबाट मान तथा सम्मान धेरै पाएकी छु । यसरी नै माया गरिदिनुहोला । गीत हेरिदिनु सुनिदिनुहोला भन्न चाहान्छु ।
प्रस्तुति : नन्दलाल खरेल
प्रकासित मिति २०७८–४–१०
फेसबुकबाट तपाईको प्रतिक्रिया