जनजाति आन्दोलनमा पद्मरत्न तुलाधारको सह्रानीय योगदान

काठमाडौं २५ पुस
धनबहादुर मगर/विषय वस्तु उठानको क्रममा काठमाडौंका पूराना पत्रकार मोहनगोपाल रञ्जितले लिच्छवी कालीन राजाहरूले राजकाज सञ्चालन गर्दा शुभ र अशुभको तिथि मिति साइत ज्योतिषहरूबाट हेराउने परम्परा थियो । राष्ट्रिय विभुती शंखधर शाखले जनतालाई ऋण मुक्त गरि दिएको प्रशंगमा किंवदन्ती सुनाउनु भयो । भक्तपरका मल्ल राजाले एकदिन आफ्नो ज्योतिष कहाँ सल्लाह लिन गएछन् । ज्योतिषले काठमाडौंको विजेश्वरी नजिकै भएर बग्ने खोलाको बालुवा सुनै सुन भएको बताए । तर, रातको समयमा मात्र खोलाबाट उठाएको बालुवा सुन हुने बताए । त्यो सुनेपछि मल्ल राजाले बालुवा लिन मानिसहरू पठाए । ती बालुवा उज्यालो नहुँदै मल्ल राजाको दरवारमा पु¥याईसक्नु पर्ने थियो । जुन कुरा मल्ल राजा र त्योतिष बाहेक अरु कसैलाई थाहा थिएन ।
शंखधर शाखाले रातको समयमा बालुवा लिन आएका मानिसहरू खोलाको किनारमा देखेपछि शाख आफैमा जिज्ञासा जागे । किन राती बालुवा उठाएर लानुको कारण केही न केही रहस्या हुन सक्ने अनुमान गरे । बालुवा निकालेर किन लान खोज्ने मानिसहरूलाई राजाले किन पठाए उनीहरूलाई भित्री कुरा थाहा हुने कुरै भएन । शाख पनि शोभा भगवती नजिकै बस्थे । बालुवा लिन जाने मानिसहरूलाई मीठा–मीठा खाने कुराबाट स्वागत गरे । कुराको गुदी पत्तालगाउन मेजमानी गरे । तर, उनलाई पनि कुराको गुदी थाहा हुने कुरै भएन । तैपनि रातभर निकालिएको बालुवा आफूले राखे । बालुवा झिक्न आउनेहरू बिहान उज्यालो हुने बेलाको बालुवा लिएर गए । जाँदा जाँदै बाटैमा उज्यालो भयो । लिएर गएको बाुलवा बालुवै रहे । राती उठाएर शंखधर शाखले राखेको बालुवा सुन बने । त्यही सुन बेचेर सर्वसाधारण जनताको ऋण गरे । जनताको ऋण तिरीदिएको खुशीयालीमा जनताले नयाँ सम्वत् नयाँ वर्षको रुपमा मनाउँदै आए । त्यहीबेला देखि जनताले ऋणबाट मुक्ति पाएको दिनलाई नेपाल सम्वत्को रुपमा मनाउँदै आए ।
डा.चुन्दा वज्रचार्यले प्रधानमन्त्री चन्द्रसम्शेर राणले आफ्ना कर्मचारीहरूलाई तलब खुवाउन विक्रम सम्वत्को परम्परा बसालेको बताए । तिथि नेपाल सम्वत् अनुसार नै हो । अहिलेका पात्रोहरू मिति अनुसार नभई तिथि अनुसार रहेको बताउनु भयो । वच्रचार्य नेपाल सम्वत्
चलाएको दिनलाई मनाएको बताए । विक्रम् सम्वत् चलिरहँदा नेपाल सम्वत् भनेका र उठाएको विषयहरू हामीले हो । साधारण व्यक्तिले

ऋणीहरूलाई ऋण मुक्त गरेको दिने हो । मंकाखलको मुख्य उद्देश्य नेपाल सम्वत् चलाउनु पर्छ र शंखधर शाखलाई राष्ट्रिय विभुति घोषणा गर्नुपर्छ भनेर जोडदिदै आएको हो । माग त पूरा भइसकेको छ । वच्रचार्य बताउनु भयो शाखलाई सरकारले राष्ट्रिय विभुति घोषणा पनि गरिसकेको छ ।
लिच्छवी कालीन सम्वत् अर्थात चन्दमांसको आधारमा बनाएको सम्वत् हो । पहिलो सम्वत् मलमांंस पनि लिनेकै सम्वत् हो । यी नेवारहरूको मात्र होइन सबैको हो खाली मुद्दा मात्र उठान गरेको हो । २०४६ साल अघि हाम्रो देशको सम्वत् चलाउन माग गरेवापत जेल जानु
परेको थियो । २०४६ सालमा देशको प्रधानमन्त्री कष्णप्रसाद भट्टराई हुनु हुन्थ्यो । नेपाल सरकारको लेटर प्याडमा नेपाल सम्वत् राखिएको छैन । कसरी राख्ने भनेर टास्क फोर्स समेत बन्यो तर व्यवहारमा जान सकेन । ईस्वी सम्वत् प्रचलनमा ल्याउने भनेर वहस पनि
चल्यो । ईस्वी सम्वत् हामीलाई जरुरी छ भनेर ः२००४ सालको आलुमा पनि २ वटा माग समानुपातिक धर्म निरपेक्ष उठाएको आन्दोलन गरेको थियो । वुद्ध जन्मेको देशमा हिन्दु धर्मलाई जस्तै मान्यता दिनुपर्छ । भने राखेको थियो । २०४६ सालपछि संघ–संस्था खोल्ने
अधिकार पायो । त्यसपछि विभेदहरू घटाउनको प्रकारको आवाज उठ्यो । सालपछि सबभन्दा पहिले चुनावमा समेत भाग लिनु भयो । भारतले नेपाल प्रतिको डोमिनेन्ट गरेको विषयम डटेर विरोध गर्नुहुन्थ्यो ।
महत्वपूर्ण भूमिका खेले वापत नेपाल सरकारले राष्ट्र संघीय पुरुस्कार समेत दिने घोषणा गरेका थिए । माग पूरा नभएको भनेर लिनु मान्नु भएन । सूर्य चिन्ह एमाले पार्टीहरूलाई दियो । पञ्चायती कालमा चुनाव लडेर राष्ट्रिय पञ्चायत सदस्य जित्नु भयो । वज्रचार्यले
हामीले उठाएको माग माओवादीहरूले उठाएको हो । माओवादी आन्दोलनको विजारोपन हामीले नै गरेको हो । किनकी हाम्रो नारा माओवादीहरूले अधिकारको विषय बनाएर जनतालाई गोलवन्द हुन सिकाएको हो ।
जनजाति आन्दोलनकोको शुरुवात् पदमरत्न तुलाधारको नेतृत्वमा भएको थियो । त्यसपछि अरू जातिहरू गुरुङ, मगर, राई–लिम्वु, तमाङ, शेर्पा, महिला, दलित अधिकार र मधेश आन्दोलनको विजारोपन पनि पद्मरत्न तुलाधारको प्रेरणाबाटै उठेको हो । २०४६ साल पछि
संघ–संस्थाको दर्ता र गठन भयो । यसमा मुख्य योजनाकार पद्मरत्न तुलधार हुनुहुन्थ्यो ।
तराईमा समेत हाम्रो पद्मरत्न भन्ने आवाज उठ्यो । संघ–संठगनहरूमा महिलाहरू सहभागीता उल्लेख्य रुपमा बढे । विषय वस्तु उठान गरिन् भने जतिबेला पिछडा वर्गको नाम सुनेकै थिएन ।
मानव अधिकारवादी नेता पद्मत्न तुलाधारको योगदान विषयक प्रगतिशील लेखक संघले १८ औं श्रँृखला अन्तर्गत प्राज्ञ डा.चुन्दा बच्रचार्यको उपस्थितिमा गरेको कुराकानी तथा छलफलमा आधारित : सम्पादक 

फेसबुकबाट तपाईको प्रतिक्रिया