जनताको अभिमतलाई बाकसमा बन्द गरी

– नन्दलाल खरेल

जनताको अभिमतलाई बाकसमा बन्द गरी
पेट्रोलियम पदार्थको मूल्य बढायौं भारी
जनताको अभिमतलाई सार्वजनिक गरी
फेरी मूल्य बढायौं अत्याधिक एकैचाटी

ग¥यौं जनतालाई सधैंभरी लुट्ने तयारी
दलाल, माफिया र बिचौलियालाई खुशी पारी

जनताको अभिमनतलाई लगायौं धोती
अब गर राज पाँच वर्ष ढुक्क गरी

सार्वजनिक यातायात भाडा अब बढ्ने तयारी
रोक्ने छैन अब कसैले कसैगरी
उद्योगी, व्यापारी बढाउने छन् बस्तु अचाक्ली
दिएको चन्दा असुल्ने छन् दोब्बर पारी

बजेट आउँदैछ कर्मचारीको तलब वृद्धि गरी
६५ वर्षका वृद्धावृद्धिलाई समेत भत्ता बाँढी
भोटको राजनीति गछौं अर्थतन्त्र संकट पारी
शासन गर्छौं युवालाई निर्यात गरी

जनता पनि छन् अत्याधिक दोषी
पटक पटक जिताउँछन् उनै पार्टी
दुःख पाउँछन् उनैले धेरै चोटी
पुर्पुरोमा हात लगाउँ फेरी एकचोटी

फेसबुकबाट तपाईको प्रतिक्रिया