‘जनताले महसुस गर्नेगरी विकासका कामहरु अघि बढाएका छौ’–धुलिखेल नगरपालिकाको उपमेयरसँग अन्तर्वार्ता

बिमला कुमारी चौलागाँई शर्मा
उपमेयर, धुलिखेल नगरपालिका

१) तपाई उपमेयरको रुपमा निर्वाचित भएर आइसकेपछि नगरबासीको हकहितमा गरेका कामहरु समग्र तर सटिक रुपमा केही बताइदिनुहोस् न?
नयाँ संविधानमा व्यवस्था भए बमोजिक राज्यको पुर्नरसंरचना भयो । सँगसँगै नगरपालिका र गाउँपालिका गरेर ७५३ वटा बन्यो । संघ, प्रदेश र स्थानिय गरी ३ तहको सरकार बन्यो । नयाँ संविधानले व्यवस्था गरेको कारणले नै गर्दा आज देशभरी नै नगर उपप्रमुखहरु हामी धेरै महिलाहरु नै छौ । धुलिखेल नगरपाललिकाको हकमा उपमेयरको रुपमा म निर्वाचित भएर आइसकेपछि मैले आफुले सकेको काम गर्ने प्रयास गरेको छु । हाम्रो टिमले नै सकेको गरेको छ । संविधानले नै व्यवस्था गरेको कारण आज हामी नगर उपप्रमुखहरुलाई अधिकार धेरै छन् । एउटा महिला भएको कारणले नै उपप्रमुखहरु धेरै छन् । अर्को संविधानले नै उपप्रमुखहरुलाई अधिकार बाँडफाँड गरेको छ । ९ वटा समितिको संयोजक छु म । अनुगमन समिति, न्यायिक समिति, राजस्व परामर्श समिति, बजेट निर्माण समिति, शिक्षा समति लगायतका ९ वटा समितिको संयोजक भएर काम गरिरहेको छु । झण्डै ९ ओटा समितिको संयोजक अर्थात प्रमुख भएर काम गर्नुपर्ने हुनाले संविधानले व्यवस्था गरेको, स्थानिय सरकार सञ्चालन एनेले नै व्यवस्था गरेको कारणले हामीले अधिकारहरु धेरै पाएका छौ । त्यसरी पाएको अधिकार बमोजिम कसरी काम गर्ने, कसरी ब्यवस्थापन गर्ने भन्ने हाम्रा जिम्मेवारी हुन् । संघीय, प्रदेश कानुन निर्माण भइसकेपछि हामीले कानुन निर्माण गर्नुपर्छ स्थानिय तहमा काम कार्वाही अघाडी बढाउनका लागि । यी समितिहरुको ऐन, कार्यविधि बनाएर कामहरु अघाडी बढाइ राखिएको छ । जस्तो न्यायिक समितिमा हामी निर्वाचित भएर आइसकेपछि, न्यायिक अधिकार दिइसकेपछी धुलिखेलका जनताहरुलाई न्यायिक क्षेत्रमा कसरी निर्विवाद नगरपालिका बनाउने, विवाद रहीत नगरपाललिका बनाउने भन्ने उदेश्यले यहाँ आएका सानातिना विवादहरु सामाधान गर्नका लागि भनेर जो पहिले सामाजिक मेलमिलापकर्ता समुह थियो, उनीहरुलाई परिचालन कसरी गर्ने भन्ने १५ दिनको सुचना जारी गरियो । उहाँहरुलाई सुचिकृत हुन नगरपालिकामा आवहान गरेपछी आउनु भयो । नपुगेको र थपिएको वडाहरुमा त्यस्ता मेलमिलापकर्ता हुनुहुन्नथ्यो । त्यसपछी त्यहाँ पनि तालिम दिएर पुरै नगरपालिका भरी १२ ओटा वडा छ यहाँ । यी १२ वटा वडामा मेलमिलाप केन्द्र गठन गरेको छ । नगरपालिकामा भएका विवाद समाधान गर्न मेरो संयोजकत्वमा वडाले नै छानेर २ जना सदस्यहरु राखिएका छन् । ३ जनाको समिति बनेको छ । नगरपालिकामा उजुरी प्रशासक भनेर उजुरी लिने भनेर एकजना कर्मचारी नगरपालिकाले व्यवस्था गरेको छ । त्यो अनुसार मेरो इजलाश पनि बनेको छ तल । म हप्ताको एकपटक शुक्रबार मेरो इजलाशम बस्छु । हामीले २ सय वटा विवादहरु मेरोमा आएको छ । १ सय २० ओटा विवाद मैले समाधान गरेको छु । ११ ओटा मेलमिलापको माध्यमबाट र १३ वटा फैसल्ला गर्न पाउँने मेरो अधिकारहरु छन् । त्यो कारण कानुनले दिएको क्षेत्राधिकार भन्दा बाहिर नगइकन मैले ती विवादहरु समाधान गर्ने काम गरेको छु । हिजो हामी कानुन पढेर आएका होइनौं । व्यवहारिक रुपमा बुझेर, सिकेर, तालिमहरु प्राप्त गरेर काम गरेका छौ । डकुमेन्टहरु कसरी गर्ने भन्नेमा जिल्ला अदालतहरुबाट न्यायधिशहरु, सार्वोच्च, उच्च अदालतहरुबाट न्यायधिश आउनुहुन्छ । आएर हाम्रा डकुमेन्टहरु हेर्नुहुन्छ । नमिलेका कुराहरु सिकाउनुहुन्छ ।


अनुगमनको पाटोमा पनि नगर क्षेत्रमा धेरै कामहरु हुन्छन् । पुर्वाधार विकासका योजनाहरु हुन्छन् । प्रदेशको हुन्छ । संघबाट आएका कुराहरु हुन्छन् । योजनाहरु हुन्छन् । त्यो अनुगमन गर्नका लागि भनेर एकदमै समय दिन गाह«ो हुनेगर्छ । त्यो कारणले नगरपालिकामा २ बर्षसम्म मैले सबै समग्र वडा स्तरको बजेट र विकास कार्यक्रमहरुको पनि अनुगमन गरेँ । अहिले आएर त्यो एकदम सम्भावना कम रहेको कारण ५ लाख भन्दा तलको वडा अध्यक्षहरुलाई वडाबाटै अनुगमन गर्ने, अरु त्यो भन्दामाथी मैले ६५ ओटा योजनाहरुको अनुगमन तथा मुल्याङकन गर्ने, रिर्पोट तयार गर्ने काम मेरो समितिले गर्छ । त्यसैगरी बजेट बनाउन बजेटका क्षेत्राधिकार कसरी विस्तार गर्ने, बजेटहरु कसरी बनाउने, आन्तरिक बजेट कसरी बढाउने भन्ने कुराहरुको पनि हामीले अध्ययन गर्छौ ।
पुर्वाधारको सवालमा हामी निर्वाचित भएर आइसकेपछि खानेपानीको, बाटोको, शिक्षाको, स्वास्थ्यको, कृषिका कुराहरु पनि धेरै विस्तार गरेका छौ । ३ तहको सरकार बनेर स्थानिय तहलाई अधिकार दिइसकेपछि एकल अधिकार पनि छ, साझा सुचिका अधिकार पनि छन् संघ, प्रदेश र स्थानिय तहको । यी कामहरु प्रभावकारी ढंगबाट अघाडी बढिरहेका छन् । यस नगरको १२ ओटै वडालाई समेटेर बाटो निर्माण कार्य गरेका छौ । हिजो जम्मा १२ किमि बाटो यस नगरमा पीच थिए । आज त्यो विस्तार भएको छ । झण्डै ३६ किमि बाटो पीच गरेका छौ । अरु हुँदैछन् । नगरस्तरीय योजनामा एक करोड एक करोड गरेर यहाँबाट पनौती जोड्ने, पनौती भएर धुलिखेलका वडाहरु बाटो सिधै जोड्ने, विपी हाइवेबाट बतासे हुदै शंखु जानेबाटो कालोपत्रे हुँदैछ । यसैगरी अरनिको हाइवेबाट वडा नं ८ हुँदै भट्ट्ेडाँडा हुँदै काभ्रेभञ्ज्याङ निस्कने बाटो विपि हाइवेबाट लामो हुने र यसले ४ कि छोटो गर्ने हुनाले यो बाटो कालोपत्रे गर्ने काम भइसक्यो । यसैगरी रबीओपी जान बनेपा भएर जानुपथ्यो । देबिटार मेरो वडा नं १ र २ । त्यसलाई छिटो पुग्न कहाँबाट गर्ने भन्दा अरनिको हाइवेबाट सिधै ३ नं वडा हुँदै बाँसघारीबाट २ नं हुँदै १ नम्बरको बाटो जुन बन्दैछ । त्यसैगरी ठाउँठाउँमा बाटो पुगेको छ । खानेपानीको कुरा गर्दा धुलिखेल नपाको झण्डै ७ हजार धुरी जनताहरुलाई उपयुक्त खानेपानी ५ बर्षभित्र पुर्याउछौ भनेर लागेका छौ । करिव करिव त्योपनि हामीले पुरा गर्न लागि सकेका छौ । स्रोत हुने ठाउँमा स्रोत र स्रोत नभएको ठाउँमा डिप बोरिङहरु गर्ने गरेका छौ । यसैगरी धुलिखेल नगरपालिकाको पुराना वडाहरुले जर्रो पानि खाइराखेका छन् । अरु थपिएका वडाहरुलाई एकीकृत खानेपानी भनेर बनेपा, धुलिखेल र पनौती तीन ओटा नगरपालिकालाई समग्र पानी खुवाउने भनेर लागिरहेका छौ । त्यसमा ९० प्रतिशत काम भइसकेको छ । धुलिखेल नगरपालिका पहाडको टापुमा रहेको शहर हो । भोली त यहाँका पानीका स्रोतहरु सुक्ने सम्भावना हुन्छ । कतिपय शहरहरु पानीका कारण पनि विस्तापित भएका हामीले सुनेका छौ । भोली यहाँ पनि स्रोत कम भएर त्यो हुने होकि भनेर पानिलाई कसरी जोगाउने, बचाउने भन्ने कुरालाई मध्यनजर गर्दै पानीलाई रिर्चाज सिस्टम भनेर क्लाइमेट चेन्जका समस्यालाई ध्यान राख्दै जङगलहरुमा रिर्चाज पाखरीहरु खनेका छौ माथीमाथी । त्यहाँ खनिसकेपछि त्यसको कारण तल मुल फुट्न सक्छन् । पानीलाई त्यही अलमल्याउन कुलेशाहरु बनाएका छौ । आकाशबाट झरेका पानीहरुलाई कसरी संरक्षण गर्ने भनेर लागेका छौ । धुलिखेल नगरपालिका पर्यटकीय नगर पनि हो । त्यसैगरी कृषिको पनि सम्भावना भएको ठाउँ हो । ग्रमिण वडाहरु पनि यहाँ छन् । त्यो कारण कृषिलाृई कसरी विस्तार गर्ने, राम्रो गर्ने भन्नेमा लागेका छौ । यान्त्रिकरण गर्ने, औजारहरु वितरण गर्ने काम गरेका छौ । उन्नत बिउहरु, अग्रानिक कृषिका लागि बिउहरु अनुदानमा वितरण गरेका छौ । औजारहरु पनि अनुदानमा किसानलाई वितरण गरेका छौ । किसानले उत्पादन गरेका वस्तुहरुको व्यवस्थापन गर्न ठाउँठाउँमा तरकारी संकलन केन्द्र बनाएर किसान र उपभोक्ता दुबै मारमा नपरुन् भन्ने उदेश्यले त्यो काम पनि सुरु गरिसकेका छौ । कृषि क्षेत्रमा काम गर्छु भन्ने युवाहरुलाई सहुलियमा व्याज र निव्यार्जी ऋणको व्यवस्था गर्ने काम पनि सुरु गरिसकेका छौ । पर्यटन विकासका लागि ५ स्टार स्तरको २–३ वटा होटलहरु बन्दैछन् । यो नगर पर्यटकीय नगर पनि हो । यहाँ आन्तरिक र वाह्य पर्यटक आउने गरेका छौ । पर्यटन प्रर्वद्धन गर्न ठाउँठाउँमा झण्डै २६ ओटा जति पार्क बनाएका छौ । एक वडा एक पार्क भनेर अभियान सुरु गरेका थियौ ।
शिक्षाको क्षेत्रमा कसरी गुणस्तरीय शिक्षा प्रदान गर्न सकएला भनेर अभियान थालेका छौ । दुइ खालका शिक्षा छन् समाजमा अहिले । हुनखाने र नहुनेहरुको सरकारी–सामुदायिक र नीजि विद्यालयहरु छन् । त्यसलाई कसरी समान बनाउने, गुणस्तरीय बनाउने भनेर जर्मन सिकाइ भनेर एनजीएमएलको क्लासको तालिम सबै वडाका सबै विधालयहरुमा दिएका छौ । त्यो सिकाईबाट बोर्डिङ स्कुलको स्तर नै सामुदायिक सरकारी स्कुलमा लैजाने प्रयत्न गरेका छौ । विधालय सुधार गर्न जस्तो कि एउटा विधालयमा ४ शिक्षक छन् भने ५ जना विधार्थी छन् । त्यहाँ शिक्षकलाई तलब मात्रै खुवाउन पनि तिनै ५ जना नै फेल भइदिन्छन् । त्यो कारण सामुदायिक विधालय एकदमै बर्बाद भएको छ । हामीले तह घटाएर नजिकको विधालयमा ती विधार्थी पठाएर ती शिक्षकलाई त्यहाँ सरुवा गरिदिने र त्यहाँ गुणस्तरीय पढाइका लागि आवश्यक व्यवस्था गरिदिने गरेका छौ । अलिकति टाढा छ भने दिनको ५० रुपैयाँ खाजा स्वरुप नगरपालिकाले दिएर, डे«स दिएर पठाउँदा खेरी २–३ ओटा विधालय हामिले खारेज पनि गरेका छन् । राज्यको अनावश्यक व्ययभार घटाएका छौ । विवाद र विरोधका बाबजुत पनि प्रगतीशील कामहरु गर्ने प्रयत्न गरेका छौ । शिक्षा समिति बनाएर बेलामा छलफल गरेर शिक्षालाई कसरी वयवस्थीत गर्ने भनेर लागेका छौ ।
स्वरोजागर बनाउने कुरामा पनि नगरपाललिकाले तालिम दिएर सघाउने गरेको छ । नगरपालिकाले गर्नुपर्ने, स्थानिय तहले गर्नुपर्ने जिम्मेवारीको कामहरु गरेका छौ । सत् प्रतिशत त सम्भावना भएन । तर हामीले क्षमताले भ्याएको गरेका छौ । फेरी हामीले सुरुवात गरेका हौ । नयाँ संघीय संरचनामा हामी आएका हौ । हामीले सुरुवात गर्यौ । केही बर्षमा अरुलाई काम गर्न सजिलो हुन्छ ।

२) कोभिड १९ नियन्त्रण तथा उपचारको मामिलामा के के गर्नु भयो?
पहिलो त सो रोग आउन नदिन सुरक्षाका लागि अभियान थालेका हौ । आवश्यक सामग्रीहरु के के चाहिन्छन् सुरुमै व्यवस्थापन गर्यौ । सचेतनाका लागि प्रचार प्रचार गर्नेदेखि लिएर राहत दिनेसम्मका तमाम कामहरु अरुहरुले जस्तै गरेका हौ । दोश्रो चरणमा एक करोडको कोरोना कोष भनेर खडा गर्यौ । त्यसमा पब्लिकबाट सहयोग पनि आयो । त्यो मार्फत राहत संकलन गर्ने, व्यवस्थापन गर्ने, ७० बेडको क्वारेन्टिन बनाउने काम गर्यौ । सरकारले लकडाउन खुल्ला गरेपछि कोरोना पनि बढ्न थाल्यो । त्यसपछि तुरुन्तै ५० बेडको आइसोलेसन तयार गर्यौ । कामहरु गर्दै जाँदा खर्च एकदमै बढ्यो । धेरैभन्दा धेरै बजेट हामीले कोभिड १९लाई गर्नुपर्यो । त्यसले् गर्दापनि बिकासका कुराहरुलाई अलिकति ओझेलमा पर्यो । किनभने पहिले त स्वास्थ्य नै हो । मान्छे बाँच्नु नै पर्छ भनेपछि यसैलाई व्यवस्थापन गर्नुपर्छ भनेर हामी लाग्यौ । बहिरबाट आउनेलाई टेष्ट गर्ने, उनका परिवार सबैलाई टेष्ट गर्ने काम गर्यौ । अहिले त धान्नै नसक्ने अवस्था भयो अनि सरकारले पनि अव कोरोना टेष्ट नगरेपनि हुन्छ भन्ने कारण यो पनि हो । नसक्नेलाई गर्ने हो । जस्तो हामीले अपाङग, जेष्ठ नागरिक, एकल महिला लगायतको निशुल्क कोरोना बीमा गरेका छौ । सक्नेहरुले २ हजार तिरेर आफनो टेष्ट गर्न सकिन्छ ।

३)यस नगरका अन्य केही प्रगतिशलि योजनाहरु छन् कि?
सबैभन्दा ठुलो त यहाँ फोहोर महिला व्यवस्थापनको छ । जति विकास गरेपनि बाटोघाटो फोहोर छ, अव्यवस्थीत छ त्यो नै सबैभन्दा चुनौती हुन्छ । त्यो कारण अहलेसम्म संस्थालाई नै दिएको छ फोहोरमैला व्यवस्थापनको काम । अब यसलाई व्यवस्थापन गर्न एउटा प्रोजेक्ट नै ल्याएर यहाँको मात्रै नभएर अरु नगर तथा गाउँपालिकाको पनि फोहोर संकलन गर्ने, त्यसलाई रिसाइकलिङ गरेर ग्यास निकाल्ने, त्यो घरघरमा वितरण गर्ने गरी सोच बनाएका छौ । त्यस्तो प्रोजेक्टको कुरा पनि भइरहेको छ । त्यो हामीले वडा नं १०को लागि कुरा र कामहरु अघाडी बढाएका हौ । त्यसैगरी कृषिमा २० बर्षिय रणनीति भनिएका छन् । सो रणनीति सघाउने कामहरु पनि गरेका छौ ।

४) अन्त्यमा, उपमेयरको कुर्सीमा रहेर काम गरिहँदा कस्तो अनुभव भइरहेको छ ?
यो कुर्सी मलाई भारी छ । मैले सोचेको र जनताले अपेक्षा गरेजस्तै काम गर्न अझै सकिरहेको छैन । त्यसका धेरै कारण र जटिलता छन् । म यो कुर्सीमा त्यसै बस्न आएको होइन । मलाई जनतालाई विश्वास र माया गरेर यसले गर्छे भनेर पठाएका हुन् । हाम्रो समाज परिवर्तन गर्नका लागि यो आवश्यक छ भनेर पठाएका हुन् । विकास गर्नका लागि जनतालाई पठाएका हुन् । कुर्सीमा बसेर मात्रै मैले ५ बर्ष विताएँ भने त म धिक्कार हुन्छु । त्यो भएकोले मलाई यहाँ बसिरहँदा पोल्छ । म हरेक कार्यक्रमको निरिक्षण गनर्,े जनताको गुनासो सुन्ने, जनताको काम गर्ने गर्नुपर्छ । जनतालाई शुखी र सम्बृद्धि कसरी बनाउने भन्नेमा म एकदमै लागेको छु । जनताको काम गर्न सक्दा, पाउँदा मात्रै मलाई सन्तुष्टी मिल्छ ।

प्रस्तुती रिसब गौतम
प्रकासित मिति २०७७–०८–१५

फेसबुकबाट तपाईको प्रतिक्रिया