जनता बैंक र त्रिबेणी विकास बैंक एकआपसमा गाभिने
बिजनेसपाटी १३ कार्तिक
जनता बैंक र त्रिबेणी विकास बैंक एक आपसमा गाभिने भएको छ । शुक्रबार एक कार्यक्रमबीच एक आपसमा गाभिने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको जनाइएको छ। बैंक स्रोतले अनुसार दुवै बैंकबीच मर्जरमा जाने प्रारम्भिक सहमति भएको र कात्तिक १८ देखि नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार रोक्का हुने भएको छ ।
दुवै बैंकको तर्फबाट मर्जर समितिमा ५ सदस्य रहने बताइएको छ। जनता बैंकको तर्फबाट संयोजक सहित २ सदस्य र त्रिबेणी विकास बैंकको तर्फबाट उपसंयोजक सहित १ सदस्य रहने सहमति भएको छ।
दुवै बैंकले मङ्सिर मसान्तसम्म साधारणसभा गर्ने र चैतसम्म एकीकृत कारोबार हुने गरि मर्जर प्रक्रिया अघि बढाइने भएको छ। मर्जपछि बन्ने बैंकको नाम जनता बैंक रहने र डीडीएबाट आउने रिजल्टलाई मध्यनजर गर्दै दुबै बैंकको सेयर स्वाप रेसियो एक बराबर एक नै हुने गरि समझदारी भएको स्रोतले जनाएको छ।
जनता बैंकलेले मङ्सिर १ देखि ५० प्रतिशत हकप्रद जारी गर्ने भएको छ । लगानीकर्ताले हकप्रद ३५ दिन सम्म अर्थात् पुस ५ सम्म भर्न सक्ने छन्। ५० प्रतिशत हकप्रद निस्काशन पछि ३ अर्ब ९ करोड पुग्ने छ। गत बर्षको कमाइबाट बैंकले बोनस शेयर घोषणा गर्न बाँकी नै छ।
त्रिबेणीले भने हाल कायम ८२ करोड चुक्ता पूँजीमा ५० प्रतिशत हकप्रद जारी गर्न प्रक्रिया अघि बढाएको छ । उसले हकप्रद भन्दा पहिलेको चुक्ता पूँजीमा १९ प्रतिशत हाराहारीमा बोनस जारी गर्ने भएको छ । दुबै बैंकको चुक्तापूँजी जोड्दा मर्जपछि चार अर्ब ९० करोड हाराहारीमा पुग्नेछ भने बाँकी तीन अर्ब १० करोड पूँजी जुटाउन चालु आर्थिक बर्षको खुद नाफा बढाउने र अरु कम्पनीहरुलाई मर्ज वा एक्विजिशन गरी ल्याउने बिकल्प खुला नै राखिएको छ । मर्जरका लागि केही संस्थाहरुसँग कुराकानी जारी नै रहेको बुझिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया