जनता बैंक र नेपाल नेत्रज्योती संघ बिच संझौता
बिजनेसपाटी १३ मंसिर ।
जनता बैंक र नेपाल नेत्रज्योति सँघ बिच एक संझौता सम्पन्न भएको छ । जनता बैंक नेपालका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा. तिर्थप्रसाद मिश्रले संझौतापत्र आदान प्रदान गरे ।
संझौता अनुसार यस आर्थिक बर्षमा देशको दुर्गम तथा विपन्न समुदायलाई लक्षित गरि निःशुल्क आँखा शिविर संचालन हुने भएको छ । शिविरमा मोतिबिन्दुको अपरेशन गर्नु पर्ने विरामीको निःशुल्क अपरेशन गर्नुको साथै आवश्यक औषधी तथा चश्मा वितरण गरिने जनाइएको छ ।
यस बर्ष रसुवा, रामेछाप, रोल्पा र हुम्लामा स्वास्थ्य शिविर संचालन गर्ने कार्यक्रम रहेको छ । स्वास्थ्य शिविरमा आँखा उपचारको साथै स्त्री तथा प्रसूति रोगसँग सम्बन्धि बिरामीको परिक्षण गर्नुको साथै आङखस्ने समस्या भएका महिलाहरुको निःशुल्क अपरेशनको समेत व्यवस्था मिलाइने बैकले विज्ञप्तीमा जनाएको छ । गत आर्थिक बर्षमा सिन्धुपाल्चोक, लमजुङ, अर्घाखाँची र जुम्लामा गरिएको स्वास्थ्य शिविरमा ८२ जनाको मोतिबिन्दुको निःशुल्क अपरेशन, ७ जना महिलाहरुको पाठेघरको निःशुल्क अपरेशन गरिएको थियो भने करिव ४००० जनताहरुको स्वास्थ्य परिक्षण गरी निःशुल्क औषधि वितरण गरिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया