जनसेवी र स्वाभिमान लघुवित्त वित्तिय संस्थाको आइपिओ खुल्यो
काठमाडौँ २७ बैशाख
जनसेवी लघुवित्त वित्तिय संस्था र स्वाभिमान माइक्रोफाइनान्स वित्तिय संस्थाको आइपिओ आजबाट बिक्री खुला भएको छ । जनसेवीले कुल ४ लाख ६३ हजार ३०० कित्ता सेयर बिक्री खुला गरेको हो ।
यसमध्ये २३ हजार १६५ कित्ता सेयर सामुहिक लगानी कोषका लागि र ७ हजार १४५ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ भने बाँकी सेयर सर्वसाधारणले भर्न पाउनेछन् ।
एनएमबी क्यापिटल बिक्री प्रबन्धकको काम रहेको जनसेवीको सेयरमा १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिने जनाइएको छ । आइपिओ वैशाख ३१ गतेसम्म भर्न सकिनेछ ।
स्वाभिमान माइक्रोफाइनान्स वित्तिय संस्थाले आजैबाट १ लाख ८० हजार कित्ता आइपिओ बिक्रिमा ल्याएको हो ।
स्वाभिमानले कर्मचारीलाई ३ हजार ९३ कित्ता र सामुहिक लगानी कोषका लागि ९ हजार ९ सय ३० कित्ता छुट्याएको छ भने बाँकी रेहको सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सेयरमा न्युनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने जनाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया