जन्मभूमि सेरोफेरो
आन्ना ढुंगेल नीता
पल्लो घरमा भाले बास्दा
म जन्मेको गाउँ सम्झे
वरबोटेको हरियो बन
म खेलेको ठाउँ सम्झें ।
बेशीको त्यो बफर खोला
आफ्नै रारा हुन् कि सम्झें
कल्पनामा क्षितिज देख्दा
स्वर्ग मेरै हो कि सम्झे ।
विहानीको उषासँगै
माली गाईको तस्वीर सम्झें
बाडुलीले झस्काउँदा
जन्मभूमि धेरै सम्झें ।
सम्झनाका तरेलीमा
बित्दैछ यो जीवन मेरो
फेरि कैले पुग्ने होला ?
जन्मभूमि सेरोफेरो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया