जानुहुन्छ च्छो-रोल्पा ताल? हेर्नुस १० मनमोहक तस्विर

केशब गौतम

काठमाण्डौ १६ जेष्ठ, २०७७।

दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका वडा नं १ मा रहेको करिव ४५८० मीटर उचाइको ‘च्छो रोल्पा ताल’ नेपालकै सबैभन्दा ठुलो हीमताल हो । १३५ मीटर गहिरो उक्त हिमतालमा १० करोड घनमिटर पानी रहेको अनुमान छ । दोलखा जिल्लाको मात्रै नभएर पर्यटकीय रुपमा नेपालकै शान उच्च बनाएको यस तालमा घुमफीर गर्ने क्रम पछिल्ला बर्षहरुमा बढीरहेको छ । बेला बेलामा ताल फुट्न लागेकोे, धाँजा धाँजा परेको भन्ने जस्ता समाचारहरु आइरहँदा यस तालको भ्रमण गर्न मानिसहरु डराउने पनि गरेका छन् । तर तालको राम्रो संरक्षण हुने हो भने त्यस्तो सम्भावना पनि नभएको हामीहरुले भ्रमणको क्रममा अनुभुती गर्यौ ।

यस च्छो रोल्पा ताल काठमाण्डौबाट गएर घुमेर फर्कनका लागि कम्तिमा ७ दिन छुट्याउन जरुरी हुन्छ । र, कम्तिमा प्रतिब्यक्ति १५ हजार रुपैया बजेटको आवश्यकता पनि हुन्छ । पहिलो दिन काठमाण्डौबाट ६ बजे हिँडियो भने दोलखाको चरिकोटमा बास बस्नु पर्ने हुन्छ । भोलीपल्ट बिहान चरिकोटबाट ३ घण्टाको यात्रा गरी गागाखोलासम्म पुग्न सकिन्छ । त्यसदिन त्यहँी बास बस्नुको खासै विकल्प हुदैन । त्यसपछी अरु तीन दिन लगातार हिँडेपछी च्छो–रोल्पा ताल पुग्न सकिन्छ । पदयात्रा गर्दा यस रुटमा झर्ना, खोला, हिमालका मनमोहक दृश्य र प्रकृतिका अनुपम दृश्यहरुको अवलोकन गर्न सकिन्छ । त्यतिबेला तपाइले आफुलाई गौरव महसुस गर्नुहुन्छ । जतिवेला तपाइ तालको नजिक–नजिक पुग्नु हुन्छ, हिमालको काँखै-काँख पैदल यात्रा गर्नु हुन्छ त्यतिवेलाको मज्जा म यहाँ वर्णन गर्न पनि सक्दिन । यदी तपाई पनि च्छो–रोल्पा तालको यात्रा तय गर्दै हुनुहून्छ भने आवश्यक औषधी, खानेकुरा र टेकिङ गर्दाको डे«स भने नर्बिसिनु होला ।

हेर्नुस १० मनमोहक दृश्य : (तस्वीर : दिनेश दहाल, सुरज भुजेल, केशब गौतम)

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया