जिवनमरणको संर्घषमा छौ ।

पुन्य गौतम ‘बिश्वास’-पोलिटब्युरो सदस्य, नेकपा  (माले)

१) संविधान संशोधन विधयक सम्बन्धमा माले पार्टीको धारणा के रहेको छ ?
हाम्रो पार्टी नेकपा (माले) देशलाई तोड्ने होइन जोडने पक्षमा छ । हिमाल, पहाड, तराइको भु–राजनीतिक सन्तुलनको निम्ती अहिले संविधान संशोधन आवश्यक छैन । संसदमा यो असफल हुनेछ ।

२) विधमान राजनीतिक र यसको दिशा कस्तो हुनेछ ?
अहिले देशमा राष्ट्रवादी र राष्ट्रघाती शक्तिहरुबीच तीव्र धुव्रिकरण चलिरहेको छ । हामी देशभक्तलाई एकताबद्ध तुल्याएर देशको सार्वभौमिकता र क्षेत्रीय अखण्डता रक्षा गर्न हर सम्भव प्रयत्न गरिरहेका छौ । देशमा तीन तहको चुनाव गरेर संविधान कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ । प्रतिगामी शक्तिहरु यसलाई विथोल्न लागि परेका छन । हामी डटेर प्रतिरोध गछौ ।

३) संसदमा प्रतिपक्षी मोर्चाको भुमिका कस्तो छ ?
हामी राष्ट्रवादी तबरले संविधान संशोधन गर्ने सरकारी चालबाजीलाई संसद देखि सडकसम्म दह्रो धक्का दिएर मातृभुमीको रक्षा गर्ने पक्षमा छौ । एमाले, राष्ट्रिय जनमोर्चा, माले, नेमकिपा लगायत देशभक्त शक्तिहरु सबैखाले सम्राज्यवाद, विस्तारवाद विरुद्ध दह्रोखरो ढंगले देश र जनताको पक्षमा उभिएका छौ ।

४) नेपाली कम्युनिष्ट आन्दोलन र कम्युनिजमको भविष्य अब के हुन्छ ?
राष्ट्रियताको प्राण रक्षा गर्न कम्युनिष्टहरु जहिले सुकैपनि अग्रणी मोर्चामा खटिएका छन । अव विस्तारै विचार मिल्ने शक्तिहरु एकताबद्ध भएर आन्दोलन हमेशा नेपालको राष्ट्रिय राजनीतिको मुलधारमा छाइरहनेछन । कम्युनिष्ट आन्दोलनको भविष्य उज्वल देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया