सिटी एक्स्प्रेस र मलेशियाको मर्चेनट्रेडबीच रेमिटेन्स सेवा सम्झौता,
बिजनेसपाटी ४ अशोज ।
मलेशियाको सबै भन्दा ठूलो सञ्जाल भएको मर्चेनट्रेड एसियासँग सिटी एक्स्प्रेस मनी ट्रान्सफरले रेमिटेन्स सेवा सुरु गरेको छ । मलेशियामा रहेका नेपालीहरुले कुनै पनि मर्चेनट्रेडको १०० भन्दा बढि तथा ४२५ भुक्तानी केन्द्रहरु मार्फत नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरमा रकम पठाउन सक्ने बताएको छ । त्यसरी पठाएको रकम सिटी एक्सप्रेसको ५,००० भुक्तानी केन्द्रहरु मार्फत सहज तरीकाले भुक्तानी लिन सक्ने कम्पनीले जनाएको छ ।
सो सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र मर्चेनट्रेड एशियाका चिफ मनी सर्भिस विजनेश अफिसर सरभेसवारन रमजा गोपालले हस्ताक्षर गरेका छन् । सम्भौतापत्रमा हस्ताक्षर गर्दै गोपालले लेसिटी एक्सप्रेस र मर्चेनट्रेडको सम्झौताले आगामी दिनमा नेपालमा रेमिटेन्स पठाउन झन सहज हुने बताए । साथै आउने दिनमा यो सम्बन्ध अझ मजबुत हुदै जाने जानकारी दिए । रेमिटेन्स क्षेत्रमा सिटी एक्सप्रेसले बिगत ११ बर्षदेखि रेमिटेन्स सेवा दिदैं आइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया